बेलायती प्रधानमन्त्रीद्वारा भारत भ्रमण स्थगित

काठमाण्डाै । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री जोनसनले भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्व योजनाअनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रधानमन्त्री जाेनसनले बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकाले स्वास्थ्य सङ्कटका बेला आफू विदेश भ्रमणमा निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराउनुभएको समाचार संस्थाले बताएका छन् । ​

जोनसनले यसै वर्ष बेलायतमा आयोजना हुने अति विकसित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि देशका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो ।

अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू : क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका देश विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।

बेलायतले युरोपेली सङ्घ (ईयू) को एकल बजारलाई छोडेको दिन डिसेम्बर ३१ पछि पर्ने जनवरी २६ को वार्षिक गणतन्त्र दिवस समारोहमा पर्ने भनिएको यो भ्रमणलाई जोनसनले ब्रेक्जिटपछि भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको थियो ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…