प्रचण्ड इज फार बेटर देन केपी ओली : माधव नेपाल

काठमाडौँ । नेकपाका नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको समूहलाई नेकपाको गुट भएको टिप्पणी गरेका छन् ।

ओलीले कम्युनिस्ट पार्टी मन नपराउने र लोकतन्त्र पनि मन नपराउने भन्दै नेता नेपालको समूहलाई एउटा गुट भएको आरोप लगाए । राष्ट्रिय जनता पार्टीले काठमाडौँमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

यस्तै ओलीको अराजक कार्यशैलीको आफूले पहिले पनि विरोध गर्दैआएको उनको भनाइ थियो । विरोध गर्दा पनि ओली नसच्चिएपछि यस्तो अवस्था आएको उनले बताए ।

यस्तै नेता नेपालले पुष्पकमल दाहाल प्रचण्डसँगको ‘लगनगाँठो’ बाध्यता भएको पनि बताए । ४८ वर्षसम्मको सहयात्रा तोडेर प्रचण्डसँग मिलेको प्रशंस निकाल्दै उनले प्रचण्डलाई ओलीसँग तुलना समेत गरेका थिए । यस क्रममा नेता नेपालले प्रचण्डलाई ओली भन्दा धेरै ठीक भएको बताए ।

‘प्रचण्डसँग मेरो टक्कर पनि परेको थियो । तर उहाँ ओली भन्दा फार बेटर ।’ नेपालले ओलीसँग काम गर्दाको अनुभव शेयर गर्दै विरोधीलाई ‘सिद्ध्याउने’ एक अराजक शैलोको नेताको रुपमा ओलीलाई चित्रित गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल, प्रचण्ड सहित अरु विपक्षी दलहरुले पनि त्यस कदमको विरोध गर्दैआएका छन् ।

नेता नेपालले आफू र प्रचण्ड भएको समूह नै आधिकारिक नेकपा भएको दावी पनि गरे । तर सत्ताधारी समूहलाई उनले ओली गुट भएको टिप्पणी गरेका छन् ।

माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ, नेकपा हामी होः माधव नेपाल

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गरेका कारण उनलाई पार्टीले अनुशासनको कारवाही गरेर बर्खास्त गरिएको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपालले बताएका छन् ।

नेता नेपालले आफूहरु अधिकारिक भएको र माया लाग्नेहरुले ओली गुट भन्न सक्ने टप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी जसपाद्वारा मंगलबार नयाँबानेश्वरमा आयोजित ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने,‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनले भने, ‘उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो। उहाँ गणतन्त्र, समावेशी, संघीयताप्रेमी होइन। तर विडम्बना उहाँ नै अध्यक्षमा आसिन हुनुभयो हामी धुँरूधुँरू रोएर बस्यौं।’

उनले ओलीको अधिनायकवादी प्रवृत्तिप्रति संघर्ष जारी रहेको पनि बताएका छन्।

उनले प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधि सभा विघटन गर्न सक्ने अधिकार नदिएको पनि बताएका छन्।

अध्यक्ष नेपालले ओलीले आफ्नो विरोध गरेको नसहने भएका कारण विरोधीहरुमाथि पूर्वाग्रही भएको आरोप लगाए । ‘केपी ओलीले सिध्याउन अहिले पार्टीभित्रबाट सुरु गरेका छन्,’ उनले भने , ‘विरोध गर्ने अरुलाई पनि एकऔएक गर्दै सिध्याउँदै जानुहुन्छ।’

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…