कतारको जित : साउदी अरबले कतारमाथि लगाएको तीन बर्षे लामो नाकाबन्दी हटाउन बाद्य

काठमाण्डाै । साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिनु भएको हो ।

एक टेलिभिजनमा कुराकानीका क्रममा उहाँले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताउनु भएको हो ।

कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ ।

सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छेद गरेका थिए । कतारले इरानसँग सम्बन्ध राखेर आतंकवादलाई बढवा दिएको आरोप थियो । कतारले भने यो आरोपको खण्डन गर्दै आएको छ ।

कतारका अमिर साउदी प्रस्थान 

उत्तरी सहर अल उलामा आज हुने ४१ औं गल्फ कर्पोरेशन काउन्सिल जिसिसी सम्मेलनमा भाग लिन कतारका अमिर शेख तमिम बिन हमाद अल थानी साउदी अरेबिया प्रस्थान गर्नुभएको छ ।

कुवेतको अमिर शेख नवाफको प्रस्तावमा साउदी अरेबियाले कतारका लागि हवाई,भुमि तथा समुन्द्री नाका खोल्ने सहमति जनाए लगत्तै सम्मेलनमा अमिरको सहभागिता पक्का गरिएको थियो ।

सम्मेलनमा कतारका अमिर सहित, अमेरिकी सल्लाहकार तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जरेद कुश्नर लगायत जिसिसी राष्ट्रका प्रमुखहरुको पनि सहभागिता रहनेछ ।

नाकाबन्दीको अन्त्य: ऐतिहासिक दिन

सन् २०१७ देखि साउदी अरेबिया,युएई,बहराइन र इजिप्टले कतारसंग सम्बन्धविच्छेद गर्दै लगाएको नाकाबन्दी आज देखि अन्त्री हुने लगभग पक्का देखिएको छ । यसका लागि कर्पोरेशनका सबै प्रमुखले जिसिसी एकता फर्कने ऐतिहासिक दिन हुने बताएका छन् ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…