दुई महिनादेखि सार्वजनिक भएका छैनन् चिनियाँ अर्बपति ज्याक मा, ‘हराएको’ आशंका

चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उनी ‘हराएको’ आशंका गरिएको छ। याहु न्युजले ज्याक मा हराएकोबारे समाचार प्रकाशित गरेको छ।

उक्त समाचारमा अलिबाबाका संस्थापक मा पछिल्लो समय ‘अफ्रिका बिजनेस हिरोज’मा अनुपस्थित हुनुले पनि उनी हराएको शंकामा बल पुगेको उल्लेख छ।

नोभेम्बरमा भएको उक्त ट्यालेन्ट सोको फाइनलमा मा निर्णायक बस्ने भनिएको थियो। तर पछि उनको तस्बिर वेबसाइटबाटै हटाइएको थियो।

उक्त सोमा मा लगानीकर्ता हुन्। पछि अलिबाबाका अर्का अधिकारी उक्त सोमा निर्णायक भएका थिए।

कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे।
अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्। 

पछिल्लो समय माले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए। 

माको आन्ट ग्रुपले  केही समयअघि संसारकै ठूलो आइपिओ  (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो। सांघाई स्टक एक्चेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो। 

माले विवादास्पद अभिव्यक्ति दिएपछि बेइजिङले उनको कम्पनीविरूद्ध एन्टी मोनोपोली अनुसन्धान सुरू गरेको छ।  

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…