भीड थाम्न नसकेपछि न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू

छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ।

कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो।

‘मानिसहरू आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगायौं,’ संकटा क्लवका सचिव आशिषमान सिंहले सेतोपाटीसँग भने, ‘भीड व्यवस्थापन गर्न सकेनौं र हटाउने निर्णयमा पुग्यौं।’

समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ।

मुख्य व्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक व्यवस्थापन, सवारी आवागमनमा समेत समस्या परेको सचिव सिंहले बताए।

‘व्यापार बढाउनुभन्दा समस्या थपिएपछि सबै जना मिलेर बन्द गर्ने निष्कर्षमा पुग्यौं,’ उनले भने, ‘अलिअलि व्यापार भइरहेको पसलमा पनि छाताकै भीडले ग्राहक आउन नसकेको हामीले बुझ्यौं।’

पुस ५ गतेदेखि संकटा सडकमा छाता राख्न सुरू गरिएको थियो। यहाँ डेढ सय मिटर सडकमाथि चार सय बढी छाता थिए। सिंहका अनुसार छातामा मात्र करिब तीन लाख खर्च भएको थियो। चाडपर्व वा मेलाजात्रामा फेरि छाता राख्नेबारे योजना बनाउने सिंहले बताए।

‘अहिलेलाई हटायौं। फेरि राख्नेबारे सोचेका छैनौं,’ उनले भने।

शनिबार बेलुकादेखि छाता हटाउन सुरू गरिएको र आइतबारसम्म सबै हटाइने सिंहले जानकारी दिए।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…