चन्द्रागिरीको हिल्सको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने, कति गर्ने आवेदन ?

काठमाडौं । चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने भएको छ । यसअघि आयोजना क्षेत्रका प्रभावित एवं स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अव सर्वसाधारणका लागि खुला हुन लागेको हो ।

चन्द्रागिरीले शुक्रबार आह्वानपत्र प्रकाशन गदै सर्वसाधारणले उक्त सेयर पुस २४ गतेदेखि २८ गतेसम्म भर्न सकिने जनाएको छ ।

चन्द्रागिरीले चुक्ता पुँजीको १० प्रतिशतले हुने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयर जारी गर्न लागेको हो । यसअघि स्थानीयवासीका लागि २ प्रतिशत सेयर बिक्री गरिसकेको छ ।

आवेदकले आफ्नो डिम्याट खातासँग जोडिएको बैंक खाताबाट यस्तो आवेदन दिन सक्नेछन् । आईपीओको मूल्य १ सय रुपैयाँ हुनेछ ।

सर्वसाधारण समूहका आवेदकले यो सेयर लक्की ड्रमार्फत् १० कित्ताका दरले प्राप्त गर्ने निश्चितजस्तै छ । त्यसैले प्रत्येक आवेदकले १० कित्ताको लागि मात्रै आवेदन गर्दा पर्याप्त हुने अवस्था देखिन्छ ।

चन्द्रागिरिले आफ्नो सेयरको निष्कासनका लागि यही जेठ २५ गते निवेदन दिएको थियो । आईपीओ प्रस्ताव स्वीकृत भएपछि पुस १ गतेदेखि स्थानीयवासीका लागि आईपीओ बिक्री गरिएको थियो । सो कम्पनीले आफ्नो बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।

यो आईपीओ नेपालमा केवलकार सेवा प्रदायकको रुपमा पहिलो आईपीओ हुनेछ । यो केबलकारमा ग्लोबल आईएमई समूह र त्यसअन्तर्गतका सदस्यहरुकै बहुसंख्यक लगानी रहेको छ ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…