ओली समुहको कार्यक्रममा कालो टोपी, मास्क र गलबन्दी लगाउन प्रतिबन्ध

काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली समुहकाे कार्यक्रमहरुमा कालो मास्क कालो टोपी र कालो गलबन्दी लगाउन निषेध गरिएको छ ।

प्रधानमन्त्ती केपी शर्मा ओली समुहको नेकपाको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेला कार्यक्रममा कालो टोपी, मास्क र गलबन्दी लगाउनेहरुलाई प्रतिबन्ध गरिएको छ ।

कालो रंङका मास्क, टोपी तथा गलबन्दी लगाए कार्यक्रमको बिरोध गरेको संकेत हुने देखिएकाले यसको प्रतिबन्ध गरेको ओली समुहका नेताहरुले बताएका छन् । यसअघिका कार्यक्रममा कालो मास्क, टोपी तथा गलबन्दी लगाएर आएकाहरुले कार्यक्रमको बिरोधको संकेत गरेको ती नेताहरुको दाबी छ ।

अहिले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा संचालन भइरहेको ओली समु्हको कार्यक्रममा कालो मास्क, टोपी तथा कालो गलबन्दी लगाएका कार्यकर्ताहरुलाई खोल्न लगाएर मात्रै प्रवेस गर्न दिइरहेको छ । नेताहरुको निर्देशनमा सुरक्षाकर्मीहरुले कालो मास्क तथा कालो टोपीहरु खोल्न लगाइरहेका छन् ।

शनिबारको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्ती रामबहादुर थापा बादल, उपप्रधानमन्त्री इश्वर पोखरेल र शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्बाधन गर्नुहुने भएको छ । यतिबेला कार्यक्र भइरहेको छ ।

प्रधानमन्त्ती ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समुहमा बिभाजित भएको छ । त्यसपछि दुवै समुहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

 

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…