कोरोना भाइरस भन्दा प्रा’णघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए ।

मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘यो महामारी अति नै गम्भीर छ । यसले विश्वका प्रत्येक कुनामा असर गरेको छ । यद्यपी, यो यसभन्दा ठूलो हुन आवश्यक छैन,’ मिडिया ब्रिफिङमा उनले भने ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन् । स्पेनिस फ्लु पछिल्लो सबैभन्दा घातक महामारी थियो । यसले १९१८ र १९१९ को अवधिमा ५ करोडको ज्यान लिएको थियो ।

युवाहरुमा मृत्युदर बढी थियो र मृत्यु हुनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी थियो । यसको मृत्युदर २ दशमलव ५५ प्रतिशत थियो । यस्तै महामारी आजको समयमा आएमा खाद्यान्न क्षेत्रका कामदारहरु डरले घरमै बस्ने र सम्भावित रुपमा खाद्यान्न आपूर्ति बन्द भएर मानव सभ्यता नै सटडाउन हुने भय छ ।

महामारीको मध्यमा गत वर्ष जर्ज फ्लोइडको मृत्युको विषयलाई लिएर अमेरिकामा चर्किएको प्रदर्शनले जसरी विश्वव्यापी अस्थिरता निम्त्याएको थियो, त्योभन्दा ठूलो अस्थिरता खाद्यान्न संकटले निम्त्याउनसक्ने अनुमान गरिएको छ । र, यस्तो बृहत्तर अस्थिरताले विश्वभरका सरकारहरुको स्थायित्वलाई खतरामा पार्ने अनुमान गरिएको छ ।

‘कोरोना भाइरस खतराको घण्टी हो । विज्ञान, खाद्यान्न, प्रशिक्षक र शासन व्यवस्थामा कसरी राम्रो गर्ने, कसरी एकआपसमा राम्रो सञ्चार गर्ने भनेर हामी सिक्दैछौं । तर पृथ्वीको हालत नाजुक छ,’डाक्टर राय भन्छन्,‘ हामी एक बढ्दो जटिल विश्वव्यापी समाजमा बाँचिरहेका छौं । यी खतराहरू जारी रहनेछ । हामीले यस महामारीबाट सिक्नुपर्ने पाठ भनेकै मिलेर काम गर्ने हो ।’

अमेरिका, बेलायतलगायत देशहरुमा खोप लगाउने कार्यक्रम सुरु भएपनि भाइरस हाम्रो जीवनको हिस्साका रुपमा रहिरहनसक्ने रायनले बताए । ‘सम्भावित परिदृश्यअनुसार अब यो भाइरस स्थानीयस्तरमा खतराका रुपमा रहिरहनेछ । तर खोप लगाउने कार्यक्रम सुरु भएको सन्दर्भमा यो न्युन खतराका रुपमा रहनेछ,’ उनले भने,‘ खोपहरु कति राम्रोसँग लगाइन्छ र कति बृहत्तर रुपमा लगाइन्छ भन्ने हेर्न बाँकी छ ।

यसैले, हामीलाई न्यूनीकरणको दिशातर्फ जाने अवसर दिनसक्छ । यद्यपी, खोपको प्रभावकारीता उच्च रहँदा पनि कोरोना उन्मूलन हुने ग्यारेन्टी छैन । यो निकै कठिन चुनौती हो त्यसैले, जोखिममा रहेका व्यक्तीहरुलाई प्राथमिकतामा राख्नेगरी खोप वितरणको डिजाईन गरिएको हो ।’

संक्रामक जोखिमहरूका लागि डब्ल्यूएचओको रणनीतिक र प्राविधिक सल्लाहकार समूहका अध्यक्ष प्रोफेसर डेभिड हेमानले पनि स्थानीय स्तरमा यो भाइरस रहिरहने बताएका थिए । ‘ कोभिड १९ स्थानीय स्तरमा रहनेजस्तो देखिन्छ । जसरी अन्य चारवटा कोरोना भाइरस छन् । र, मानव सेल्समा पुनउत्र्पादन भएर यो निरन्तर म्युटेट (परिवर्तन) भइरहनेछ,’ उनले भने,‘भाग्यवस, हामीसँग जीवन बचाउने उपकरणहरू छन् र यसलाई जनस्वास्थसँग संयोजन गरेर हामी कोरोनासँगै बाँच्नसक्छौं ।’

डल्युएचओकी प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामिनाथनले भनिन्, ‘ खोप लगाउनुको अर्थ सामाजिक दूरी र अन्य सार्वजनिक स्वास्थ सेवाको अन्त्य होइन । कुनै खोपले वास्तवमा मानिसलाई संक्रमणबाट जोगाउँछ र यसलाई अन्यमा फैलाउनबाट रोक्छ भन्नेबारे विश्वस्त हुने प्रमाण हामीसँग छ जस्तो मलाई लाग्दैन ।

त्यसैले मलाई लाग्छ, खोप लिएका मानिसहरुले पनि उस्तै सावधानी अपनाउन जरुरी छ ।’ गम्भीर लक्षणसहितको कठोर संक्रमण र मानिसलाई मृत्युबाट रोक्ने मनसायका साथ खोप विकास गरिएको उनले बताइन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रियसअसले महामारीको भयावह अवस्था र यसमा भएको सुधार एकैपटक झल्किएको बताए । उनले महामारीको नयाँ स्वरुपले आगामी वर्षका लागि चुनौति थपेको बताए । ‘महामारीको यस समय निजी र सार्वजनिक क्षेत्रबीचको असाधारण सहकार्यले नयाँ धरातल कोरिएको छ ।

पछिल्ला साताहरुमा केही देशमा सुरक्षित र प्रभावकारी भ्याक्सिनको प्रयोग सुरु भएको छ, जो अद्भूत वैज्ञानिक उपलब्धि हो,’ उनले भने,‘यो निकै राम्रो छ । तर, जबसम्म खोपको आवश्यकता परेका सबैले नयाँ खोप पाउँदैनन् र सुरक्षित हुँदैनन्, त्यतिबेलासम्म डब्लयुएचओले आराम गर्नेछैन ।’

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…