अहिले भारतका हरेका मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम सोध्यो भने कण्ठै : केपी ओली

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताएका छन् । शनिबार काठमाडौमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको र भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा धेरै विकासका काम भएको भन्दै आफ्नै तारिफ गरेका हुन् । उनले आफ्नो नेतृत्वमा रानीपोखरी र धरहरा २२ तला बनिसकेको बताए ।

‘यसवीचमा असाधारण र दुनियाँ आश्चयचकित हुननेगरी आर्थिक बृद्धि र प्रगति भएको छ । विश्वमा नेपाल कहाँ छ ? थाहा थिएन । अहिले नेपाल कहाँ छ, थाहा छ । पहिले नेपालको प्रधानमन्त्रीको चर्चा पनि हुँदैनथियो ।

अहिले भारतका हरेका मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम सोध्यो भने कण्ठै छ’ प्रधानमन्त्री ओलीको भनाई छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मृद्ध नेपाल र सुखी नेपालीको नारा ठिक छ भनेको भन्दै चिनियाँ राष्ट्रपतिले समेत यो राष्ट्रिय आकाँक्षा ठिक भएको र सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरे ।

भाषणको अधिकाँश समय ओलीले प्रचण्ड नेपालको आलोचना गर्न र आफूले गरेका कामको प्रशंसामा विताएका थिए ।
उनले सुरुगमार्ग,रेलमार्ग सडकमार्ग धमाधम भइरहको भन्दै अन्तराष्ट्रिय सम्बन्धमा पनि विस्तार भएको बताए ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…