कांग्रेस नडराईकन, नतर्सिकन आफ्ना एजेन्डा लिएर निर्वाचनमा जान्छ : रमेश लेखक

काठमाण्डु । नेपाली कांग्रेसका नेता रमेश लेखकले आगामी वैशाखमा हुने निर्वाचनमा आफ्ना एजेण्डा बोकेर जनतासँग जाने बताएका छन् । शुक्रबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता लेखकले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् ।

‘सरकारले निर्वाचनको घोषणा गरेको छ । सर्वोच्चबाट सरकारको पक्षमा फैसला भएकाृ खण्डमा निर्वाचन तोकिएको मितिमा हुन्छ भने नेपाली कांग्रेस पछाडि हट्दैन, हडाउँदैन, तर्सिदैन । हामी चुनावमा जान्छौं । हामी चुनावमा जाँदा पनि हामी आफ्ना एजेन्डा नडराईकन, नतर्सिकन लिएर निर्वाचनमा जान्छौं’, उनले भने ।

नेता लेखकले सरकारले वैशाखमा निर्वाचन गर्न नसकेको खण्डमा वा प्रतितिनिधिसभा पुर्नस्थापना गर्न नसकेको खण्डमा कांग्रेसले आन्दोलन चर्काउने बताए । उनले आन्दोलनका माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गर्न आफूहरु तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।

त्यस्तै उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएका छन् ।

लोकतान्त्रिक शक्ति चुनावबाट भाग्दैन : सुनील थापा

नेपाली कांग्रेसका सहमहामन्त्री सुनीलबहादुर थापाले लोकतान्त्रिक शक्ति चुनावबाट पछि नभाग्ने बताएका छन् ।

प्रेस युनियन धनकुटाले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सर्वोच्च अदालतले चुनावमा जानू भन्ने निर्णय गरेमा त्यसलाई कांग्रेसले स्वीकार गर्ने बताएका छन् ।

कांग्रेसको आगामी रणनीतिबारे पुस १९ गते आयोजना हुने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनले जानकारी दिए ।

देश संकटमा जानुमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्षको उत्तिकै दोष रहेको उनले बताए । उनीहरुकै अकर्मण्यताका कारण मुलुक अनिर्णयको बन्दी भएको र भ्रष्टाचार, हत्या, बलात्कारजस्ता जघन्य घटना भइरहेको उनले आरोप लगाए ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेर प्रधानमन्त्री ओलीले संविधानमाथि कुठाराघात गरेको उनले बताए ।

भर्खरै प्रकाशित

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…