चीनबाट आएका लुटेराहरुले लूटे डोल्पाका गुम्बाहरूबाट सयौं वर्ष पुराना बहुमूल्य मूर्ति

डोल्पा । डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ। यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन्। माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय सरोकारवालाले बताएका छन्। त्यसका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन उनीहरूले सरकारसँग माग राखेका छन्।

‘उपल्लो डोल्पाका अधिकांश भागमा प्रहरी चौकी छैनन्। भएका पनि बर्खाका केही महिना मात्र हुन्। जाडोमा प्रहरी तलै झर्छन्’, शे(फोक्सुण्डो गाउँपालिका–४ का अध्यक्ष पेमावाङछेन गुरुङले भने, ‘त्यही मौकामा गुम्बाका बहुमूल्य वस्तु चोरी हुने गर्छन्।’

बौद्धधर्मअनुसार गाउँभन्दा टाढा एकान्तमा गुम्बा राखे चोखो हुने, फोहोरबाट टाढा रहने र पूजापाठ गर्दा रोगब्याध, खडेरी, भोकमरीजस्ता अनिष्ट नहुने विश्वास छ। त्यही आधारमा गुम्बा प्रायः टाढा–टाढा हुन्छन्।

गुरुङका अनुसार हरेक वर्ष चीनको तिब्बतदेखि लुटेराहरू आउने र डर त्रास देखाएर बुद्धका मूर्ति लुटपाट गरेर लाने गर्छन्। स्थानीय सरकार आएपछि चोरीका घटना केही कम भए पनि रोकिएको छैन। सुरक्षाकर्मी नहुँदा स्थानीयको त्रास बाँकी नै छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा टेकबहादुर शाहीले लेखेका छन् ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…