संसद्‍ विघटन प्रधानमन्त्रिको अग्रगामी कदम हो, यो नयाँ लडाइँमा हामी विजयी हुनेछौँ : बादल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता रामबहादुर थापा ‘बादल’ले संसद्‍ विघटनलाई अग्रगामी कदम भन्दै यो नयाँ लडाइँमा आफूहरु विजयी हुने बताएका छन्।

शुक्रबार ललितपुरको लगनखेलमा आयोजित ललितपुर महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता बादलले यस्तो बताएका हुन्।

नेकपा भित्रको विभाजनलाई अग्रगमन र प्रतिगमनको संज्ञा दिएका उनले प्रधानमन्त्री केपी ओली समूह अग्रगमनका साथ अगाडि बढेको दाबी गरे।

‘संसद विघटन संवैधानिक हो कि असंवैधानि ? प्रतिगामी कदम कि अग्रगामी भन्ने बहस छ। हाम्रो नजरमा यो अग्रगामी कदम हो’, बादलले भने, ‘ठूलो राजनीतिक कदम हो। यो फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कदम हो।’

संसद् विघटनको निर्णयपछि नेकपा विभाजन हुँदा प्रधानमन्त्री ओली समूहमा पुगेका नेता बादलले प्रतिगमन र अग्रगमनको लडाइँमा आफूहरु विजयी हुने बताए।

‘नयाँ राजनीतिक परिस्थितिमा अग्रगमन र प्रतिगमनको अभियान देशव्यापी रुपमा सुरु भएको छ’, नेता बादलले भने, ‘हामीले विश्वास गर्नुपर्छ। यो नयाँ लडाइँमा हामी विजयी हुनेछौँ र हामीलाई राष्ट्रले दिएको जिम्मेवारी र जनताले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेछौँ।

नेकपा विभाजनपछि देशमा आइपरेको चुनौती सामना गर्न र पार्टी निर्णयको पक्षमा दृढतापूर्वक उभिन उनले सबैलाई आह्वान गरेका छन्। बादलले अब मध्यावधि निर्वाचनको मोर्चामा हाम फल्न सबैलाई आग्रह गरे।

‘चुनौती सामना गर्न तपाईं हामी यहाँ एकठिक्का भएका छौँ। एउटा संकल्प र प्रतिवद्धता व्यक्त गरेका छौँ’, उनले भने, ‘पार्टीको निर्णयको पक्षमा दृढतापूर्वक उभियौँ। मध्यावधि निर्वाचनको मोर्चामा हामफालौँ र त्यहाँ हामी सफल बनौँ।’

नेता बादलले आफूहरु फुट र गुटको पक्षमा नभएर स्थायित्व र समृद्धिको पक्षमा रहेको बताए। अहिले राष्ट्रको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने निर्णय गर्ने बेला भएकोसमेत बताएका छन्।

‘हामी फुट र गुटको पक्षमा होइन, हामी पार्टीको पक्षमा उभिएका छौँ। हामीले गुटको प्रतिवाद गरेका छौँ। हामी स्थायित्वको पक्ष र अस्थिरताको प्रतिवादको निमित्त लामबद्ध भएका छौँ। हामी समृद्धिको पक्षमा उभिएका छौँ’, बादलले भने, ‘हामी राष्ट्रियताको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने आफ्नो स्थिति सिर्जना गर्न भेला भएका छौँ।’

त्यसैगरी बादलले पार्टी विभाजनमा विदेशी शक्तिको खेल रहेको भन्दै नेकपाको विभाजित समूहलाई एकतावद्ध गरेर अगाडि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन्।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…