नेकपामा अहिले तीन कित्ता छन्, त्यसमा एउटा मेरो हो: वामदेव गौतम

राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेकपामा अहिले तीन कित्ता रहेको बताएका छन्।

शुक्रबार पहिलो पटक राष्ट्रिय सभा बैठकमा सहभागी भएका गौतमले पत्रकारहरूको जिज्ञासामा नेकपाको पछिल्लो राजनीतिबारे प्रतिक्रिया दिएका हुन्।

‘नेकपामा अहिले तीन कित्ता छन्, त्यसमा एक मेरो हो,’ गौतमले भने,‘दुई समूहका दुई कित्ता भइहाले। अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने मेरो कित्ता हो। मलाई दशौं हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउनुस् भनिरहेका छन्।’

प्रतिनिधि सभा विघटनको भने आफू विपक्षमा रहेको वामदेवले बताए।

धेरै सांसदलाई यो कुरा चित्त नबुझेको उनको भनाइ छ।

प्रतिनिधि सभा विघटनको विपक्षमा भए पनि आफू नेकपाको प्रचण्ड-नेपाल समूहमा भने नजाने उनले जानकारी दिए।

‘आज बिहानको भेटमा प्रचण्डजीले तपाईं हामीतिर आउनुस् भन्नुभयो। मैले आउँदिनँ भनें,’ वामदेवले भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई दिनदिनै बोलाउने बताए।

उनले निर्वाचन आयोगबाट आधिकारिक रूपमा निर्णय नभएसम्म नेकपा फुटेको नमानिने भएकाले आफू पार्टी एकताका पक्षमा लागिरहने बताए।

गत प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित वामदेवलाई केही समयअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरेर राष्ट्रिय सभा सदस्य बनाइएको थियो।

पार्टी एकता रक्षाको लागि केपी ओलीले निर्वाचन रोज्नु भएको हो : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले पार्टी एकताको रक्षाको प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने घोषणा गरेको बताएका छन्।

शुक्रबार दाङको तुलसीपुरमा आयोजित ओली समूहको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका नेकपा इञ्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले ४० प्रतिशत भए पार्टी फुटाउन पाइने प्रावधान रहेको हुँदा पार्टी रक्षाको लागि प्रधानमन्त्री ओलीले चुनावमा जाने निर्णय गरेको तर्क गरे।

‘अब कसैको ४० प्रतिशत पुग्दैन र पार्टी फुटाउने तागत कसैसँग छैन,’ उनले भने।

उनले प्रथम अध्यक्षका विरूद्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तयार गरेको अभियोगपत्र नै अहिलेको संकटको मुख्य कारण भएको बताए।

जसका केपी ओलीलाई कम्युनिष्ट समेत होइन, गणतन्त्रवादी होइन भन्ने जस्ता लान्छना लगाइएको उनले बताए।

त्यस्तै, मुख्यमन्त्री पोखरेलले प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने कुरा कसरी तानाशाही कदम हुन सक्छ भन्दै प्रश्न समेत गरे।

यसैगरी, उनले ओलीजस्तो लोकतान्त्रिक र उदारवादी नेता अरू कोही नभएको जिकिर पनि गरे।

मुख्यमन्त्री पोखरेलले हालसम्म राजा महेन्द्रले गरेको विकास नै नेपालमा चर्चा हुने गरेको भन्दै त्यसको भन्दा चार गुणा बढी विकास केपी ओलीले गरेको उनले दाबी गरे।

महेन्द्र राजाले एउटा मात्रै राजमार्ग बनाएको र अहिले प्रधानमन्त्री ओलीले चार वटा त्यस्ता राजमार्ग निर्माण गरेको उनले दाबी गरे।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…