हड्डी कमजोर, मुख गन्हाउनेः उच्च प्रोटिनयुक्त खाना खाँदा शरीरलाई हुन्छ यी ७ हानी

प्रोटिनले हाम्रो शरीरको क्षतीलाई रिकभर गर्न मद्दत गर्छ । यो दिमागको हाइपोथ्यालामसका लागि पनि राम्रो हुन्छ जसले हाम्रो स्मरण शक्तिलाई तीक्ष्ण बनाउने काम गर्छ । तर दैनिक रुपमा उच्च प्रोटिनयुक्त खाना खाँदा केही हानी पनि हुन्छ ।

त्यसैले प्रोटिन डाइट लिनेहरुलाई आफ्नो शरीरका लागि दैनिक कति प्रोटिनको आवश्यकता पर्छ त्यसबारे थाहा हुन जरुरी छ । उच्च प्रोटिन डाइट हाम्रो शरीरका लागि कति हानिकारक छ भन्ने बारे जानकारी लिऔं ।

बोन डिसअर्डरः

बोन डिसअर्डर हड्डीसँग जोडिएको एउटा रोग हो । सन् २०१३ मा लनिस डेलिमेरिसको नेतृत्वमा भएको अनुसन्धानले हाई प्रोटिन डाइटको अत्यधिक सेवन हाम्रो हड्डीका लागि खतरनाक साबित हुनसक्ने बताउँछ । मासु वा न्यूट्रिशनल सप्लिमेन्टबाट प्रोटिन लिनेहरु त झन् बढी सावधान हुनुपर्ने आवश्यक छ ।

वास्तवमा हाई प्रोटिन डाइटले शरीरमा पैदा भएको एसिड ‘लस अफ क्याल्सियम’ को समस्या पैदा गर्छ । यो हाम्रो हड्डीका लागि खतरनाक हुनसक्छ । यसमा रातो मासुको साटो हरियो सागसब्जीबाट पाइने प्रोटिनले हड्डी कमजोर हुने खतरा कम हुने र भाँच्चिने सम्भावना पनि कम रहने बताइएको छ ।

मुटुरोगको जोखिमः

जनावरबाट पाइने प्रोटिनले कोरोनरी हार्ट डिजिज (सीएचडी) को जोखिम बढाउँछ अर्थात् यसले मुटुजन्य रोगको समस्या पैदा गर्ने गर्छ । यद्यपि, माछा, पोल्ट्री र कम डायट्री प्रोडक्टले यसको सम्भावना कम नै रहन्छ ।

मृगौलाको समस्याः

थुप्रै अनुसन्धानले यो बताइसकेको छ कि उच्च प्रोटिनयुक्त डाइटका कारण मानिसहरुमा मृगौलाको स्टोनको खतरा बढ्ने गर्छ । हार्वर्ड युनिभर्सिटीको एक रिपोर्ट अनुसार शरीरमा युरिक एसिड लेभल र जनावरबाट पाइने प्रोटिनको खपतले मृगौलामा पत्थरीको समस्या बढाउने गर्छ । त्यसैले मृगौलाको रोगसँग जुधिरहेकाहरुलाई सागपात खान सल्लाह दिइन्छ ।

क्यान्सरः

रातो मासुलाई हाई प्रोटिन डाइटको मुख्य स्रोत मानिन्छ । केही अनुसन्धानकर्ताका अनुसार रातो मासु खाँदा कोलोरेक्टल क्यान्सरको खतरा बढ्ने गर्छ । पुरुषमा यो समस्या अली बढी नै देखिन्छ । प्रोसेस्ड मीटको सेवन गर्नेहरु पनि सावधान हुन आवश्यक छ । शोधमा बताइए अनुसार कम समयका लागि मात्रै मांसपेशीलाई फाइदा पुर्याउने गर्छ । पछि गएर यसले पुर्याउने भनेको क्षती नै हो ।

मुखबाट दुर्गन्धः

अत्यधिक मात्रामा प्रोटिनको सेवन गर्दा मुखबाट दुर्गन्ध आउने समस्या बढ्न सक्छ । विशेषगरी यदि तपाईंले कार्बोहाइड्रेटमा प्रतिबन्ध लगाउनुभएको छ भने । हाई प्रोटिन डाइटले हाम्रो शरीर केटोसिस नामको मेटाबोलिक स्टेटमा चल्ने गर्छ जहाँ विशेष प्रकारको रसायन रिलिज हुन्छ जुन मुखको दुर्गन्धको सबैभन्दा ठूलो कारण हो ।

डिहाइड्रेशनः

सन् २००२ मा प्रकाशित एक अनुसन्धानका अनुसार शरीरमा प्रोटिनको मात्रा बढ्दा हाइड्रेशन लेभल खस्कन्छ । यदि शरीरमा पानीको पर्याप्त मात्रा नराख्ने हो भने डिहाइड्रेशनको खतरा बढ्ने गर्छ । पानीले तपाईंको शरीरलाई हाइड्रेट राख्नुका साथै शरीरबाट विषालु तत्व बाहिर निकाल्ने काम पनि गर्छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…