प्रचण्ड अराष्ट्रवादी भएको आरोप लगाउँदै बालकृष्ण ढुंगेल लागे ओलीतिर

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय भोगेर सरकारको सिफारिशमा बाँकी कैद मिनाहा पाएका तत्कालीन माओवादी जनयु’द्धका एक योद्धा तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल पार्टी विभाजनपछि केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

ढुंगेल आफूमात्र होइन देशभरका पूर्व माओवादी लडाकुहरुको टिम बनाएर ओली पक्षमा खुलाउने दौडधूपमा खटिएका छन् । उनी रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टको समूहबाट अहिले ओली पक्षमा पूर्व माओवादी पंक्तिको संख्या बढाउन क्रियाशील भएका छन् ।

तत्काल माओवादीका लागि बालकृष्ण ढुंगेल असली योद्धा थिए । माओवादी युद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक भरपर्दा सहयोगी पनि ।

तर, आज तीनै ढुंगेलले प्रचण्डको साथ छाडेका छन् । नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपश्चात आफूले वर्षौंसम्म साथ दिएको प्रचण्डको साथ उनले छाडेका छन्।

प्रचण्डको साथ किन छाड्नुभयो भन्ने प्रश्नमा ढुंगेलले भने– उहाँले लिएको पछिल्लो जति पनि घटनाक्रम छन्, ती बेठिक, अवैज्ञानिक र अराष्ट्रवादी छन् त्यसैले मैले उहाँको साथ छाडेँ ।

प्रचण्डले चालेका कदमलाई उनले संक्षिप्तमा बेठीक, अवैज्ञानिक र अराष्ट्रवादी भनेर टिप्पणी गरेका छन् । ढुंगेल नेकपा ओली पक्षले हालै विस्तार गरेको महाधिवेशन आयोजक कमिटीका सदस्य बनेका छन् ।

ढुंगेलको विगत

२०५५ सालमा ओखलढुंगाको साबिक पोकली गाविसका उज्जनकुमार श्रेष्ठ’को ह’त्या गरेको अभियोगमा उनी जे’ल परेर छुटेका हुन् । सोही अभियोगमा सजाय पाएका कारण उनले प्रतिनिधिसभाको निर्वाचन लड्न पाएनन् ।

ढुंगेलले उज्जन श्रेष्ठको ह’त्यामा आफ्नो संलग्नता स्वीकार गरेका छैनन् । उनले यदि यु’द्धकालका घटनामा कोही दो’षी हुन्छ भने सबैभन्दा पहिले प्रचण्डलाई जे’ल हाल्नुपर्ने बताएका छन् ।

तलका कार्यकर्ताले मुद्दा झेल्ने र प्रचण्डहरु शासनमा रहने कुरा मेल नखाने उनको भनाइ छ ।
सर्वोच्च अदालतले सजाय सुनाए पनि उनलाई प’क्राउ नगरेको भन्दै प्रहरीविरुद्ध नै अवहेलनाको रिट दायर भएपछि प्रहरीले उनलाई २०७४ कार्तिकमा प’क्राउ गरेको थियो ।

अदालतको फैसला अनुसार उनी १२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्थ्याे तर ‘असल चालचलन’ देखाएको भन्दै उनलाई त्यसअगावै छाडिएको थियो ।

ढुंगेललाई २०७५ को गणतन्त्र दिवसको अवसर पारेर माफी दिइएको थियो । ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर उनलाई जेल मुक्त गरिएको थियो ।

२०६४ को संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित समेत भएका ढुंगेल जेलबाट छुटेपछि भने माओवादीमा खासै जिम्मेवारी पाएका थिएनन् ।

ओलीले पूर्व माओवादी सम्झिनुको अर्थ

पार्टी विभाजनपछि पूर्व माओवादीका केही नेता ओली समूहमा लागेका छन् । पार्टीको उच्च नेतृत्वमै रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, कमल चौलागाईलगायतले प्रचण्डको साथ छाडेर ओलीतिर लागेका छन् । यसै मेसोमा ढुंगेल पनि ओली पक्षतिरै लागेका हुन् ।

ओलीले पछिल्लो समय प्रचण्डलाई लगातार माओवादी आन्दोलनमा लागेका धेरैलाई अलपत्र पारेको आरोप लगाइरहेका छन् ।
बुधबार राजधानीमा आयोजित एउटा सभालाई सम्बोधन गर्ने क्रममा पनि उनले पूर्व माओवादीका कार्यकर्ताको केही नाम सम्झिएका थिए । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजधानीमा उपलब्ध सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले माओवादीको छापामार कमान्डर रहेका कालीबहादुर खामको नाम लिएका थिए । खाम प्रचण्डका विश्वास पात्र समेत मानिन्थे ।

खामलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको ह’त्याका अभियुक्त मानिन्छ । आफ्नो सम्बोधनका क्रममा ओलीले माओवादीका अन्य नेता र कार्यकर्ताको पनि नाम लिएका थिए ।

ओलीले पूर्व माओवादीका नेता कार्यकर्ताप्रति सहानुभूति जनाउनुको अर्थ प्रचण्ड पक्षका नेता/कार्यकर्तालाई आफूतिर तान्ने रहेको रुपमा पनि कतिपयले अर्थ्याएका छन् । नेपाल प्रेसबाट

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…