बलिउडले किन्याे नेपाली चलचित्र ‘प्रेम गीत–३’ साउथ इण्डियन एक निर्माताले किने

काठमाडाैं । नेपाली चलचित्र ‘प्रेम गीत–३’ हालै भारतीय चलचित्र निर्माण कम्पनीले किनेको छ । स्राेतका अनुसार उक्त चलचित्र भारतीय फिल्म निर्माण कम्पनी रेड चिल्लीजमार्फत भारतभर प्रदर्शन हुने गरी साउथ इण्डियन एक निर्माताले किनेका हुन् ।

तर, ‘प्रेम गीत–३’ टिमले भने यस विषयमा नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर मात्रै सम्पूर्ण कुराको जानकारी गराउने बताएको छ ।

यो चलचित्र ५ करोड भारतीय रुपैयाँ ‘आठ करोड नेपाली रुपैयाँ’मा शाहरुख खानको कम्पनी रेड चिल्लीजले भारतभरका हलमा प्रदर्शनका लागि जिम्मा लिएको छ ।

तर, चलचित्रलाई साउथ इण्डियन एक निर्माताले किनेका हुन् । सन्तोष सेन र चलचित्रका अभिनेता प्रदिप खड्काले सोमवार मात्रै मुम्बईमा यस विषयमा हस्ताक्षर समेत गरेका छन् ।

अब यो चलचित्र प्रदर्शन हुँदा बलिउड र नेपालका हलमा एकसाथ प्रदर्शन हुनेछ । तथापी यो चलचित्र रेड चिल्लीजमार्फत प्रदर्शन भयो भने यसको डिजिटल राइट्स भने ओएसआरबाट फुत्किनेछ ।

सन्तोष सेन, अर्का एक निर्माता तथा ओएसआर डिजिटल मिलेर प्रेम गीत–३ निर्माण गरेका हुन् । अब भारतमा यो चलचित्र विक्री भएसँगै डिजिटल राइट्सबारे विवाद हुन सक्ने आँकलन गरिएको छ ।

‘प्रेम गीत’, ‘प्रेम गीत–२’, ‘चंखे संखे पंखे’, ‘मेरी मामु’ निर्माण गरेको आसुसेन फिल्म प्रोडक्सनले निर्माण गरेको पाँचौं प्रोजेक्ट ‘प्रेम गीत–३’ नेपाली दर्शक तथा चलचित्रकर्मीहरुको मात्रै होइन बाहिरी मुलुकका चलचित्रकर्मीको पनि ध्यान तान्न सफल प्रोजेक्ट बनेकाे छ ।

काठमाडौं र मनाङको हिउँमा खिचिएको यो चलचित्र साढे ३ करोड हाराहारी बजेट खर्च गरिएर निर्माण गरिएको हो ।

प्रेम गीत ३ मा शिव श्रेष्ठ, सुनिल थापा, क्रिस्टिना गुरुङ, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, प्रदिप खड्का, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…