चिनियाँ कम्पनी सिनोफर्मको कोरोना खोप ७९ प्रतिशत मात्रै प्रभावकारी

काठमाडौं । चीनको सरकारी खोप निर्माता कम्पनी सिनोफर्मले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी भएको बताएको छ ।

कम्पनीले आफ्नो कोरोना खोपलाई अनुमति दिन चिनियाँ नियामकमा आवेदन पनि दिएको छ । यससँगै कम्पनीको खोप चीनमा आम मानिसमा प्रयोगका लागि अनुमति पाउने पहिलो कम्पनी बन्ने दौडमा सबैभन्दा अगाडि देखिएको छ ।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)ले सिनोफर्मको कोरोना खोप ८६ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । यूएईले आफ्नो मुलुकमा भएको परीक्षणको नतिजालाई आधार मानेर उक्त नतिजा सार्वजनिक गरेको थियो । यद्यपि सिनोफर्मकी प्रवक्ताले भने यस विषयमा विस्तृत जानकारी पछि सार्वजनिक गरिने बताएकी छन् ।

स्वास्थ्य विशेषज्ञहरुले भने विस्तृत जानकारी नदिई सार्वजनिक गरिएको प्रभावकारिताको नतिजाले मानिसहरुको खोपप्रतिको विश्वास कम हुने बताएका छन् ।

गत बिहीबार टर्कीका शोधकर्ताहरुले चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना खोप ९१ दशमलव २५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए । तर, ब्राजिलमा गरिएको सोही खोपको परीक्षणको नतिजा भने ५० देखि ९० प्रतिशतको बीचमा रहेको बताइएको छ । यस्तोमा चिनियाँ खोप कत्तिको प्रभावकारी हुने भन्ने विषयमा आशंका जन्मिएको छ ।

यद्यपि विशेषज्ञहरुले भने अहिले नै चिनियाँ खोप सफल हुन्छ वा हुँदैन भनेर भन्नु छिटो हुने बताएका छन् । अमेरिकामा र बेलायतले दोस्रो कोरोना खोपको लागि अनुमति दिइसकेको अवस्थामा चिनियाँ कम्पनीले पनि कोरोना खोप अनुमतिका लागि आवेदन दिएको हो ।

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…