धर्म परिवर्तन गर्न अस्पतालभित्र चर्च, कारवाहीको सुइँको पाएपछि भागे अमेरिकी डाक्टर

अस्पतालभित्रै चर्च स्थापना गरेर हिन्दु र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रुपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अमेरिकी नागरिक डा. डेल माइकल मोल भागेका छन् ।

कारबाही हुनु २ दिनअगावै उनी पत्नी सुशन मोलसहित सोमबार अमेरिका प्रस्थान गरेका हुन् । अस्पतालको वेबसाइटमा उल्लेख भएअनुसार डेल अझै प्रमुख कार्यकारी अधिकृत र पत्नी सुशन सोही अस्पतालकी कर्मचारी हुन् । उनी प्रोजेक्ट विज्ञका रुपमा कार्यरत थिइन् ।

डेल दम्पती सन् २०१५ डिसेम्बरदेखि अस्पतालमा कार्यरत थिए । शिर मेमोरियल अस्पताल सन् १९६० बाट अमेरिकी नागरिक चाल्र्स जे शिर र उनी धर्मपत्नी क्यारोलिनका नाममा स्थापना भएको थियो । यो अस्पताल अमेरिकास्थित सेभेन्थ डे एडभेन्टिस्ट चर्चको सहयोगमा खोलिएको थियो ।

गृहमन्त्रालयबाट भइरहेको आन्तरिक अनुसन्धान र त्यसपछि पक्राउ पर्न सक्ने सुइँको पाएपछि उनी पत्नीसहित नेपाल छाडेर भागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

 

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…