जाडोमा शरीरलाई न्यानो बनाउन हिटर बाल्नुहुन्छ ? यसरी निसासिएर मृ’त्यु होला है !

जाडोमा शरीरलाई न्यानो बनाइराख्न वा आगो ताप्नका लागि बालिने मकल, हिटर, पानी तताउन प्रयोग गरिने गिजरबाट पोलिने तथा झ्याल–ढोका बन्द गरी मकल बाल्दा तथा नुहाउँदा हुने क्षति हरेक वर्ष बढ्दो छ ।

ग्यास गिजरमा पानी तातिरहँदा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निसासिएर नुहाउने व्यक्तिको मृ’त्यु हुन सक्छ ।

गिजर प्रयोग गर्दा निस्किने प्रोपेन ग्यास भारी भएकाले भुइँमै बस्छ र अक्सिजन कम भएर सीओ ग्यास बन्छ अनि विषाक्तता भई मृ’त्यु हुन्छ ।

सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटुका पुराना रोगी, श्वास–प्रश्वासका बिरामी, रगतको कमी भएका, गर्भवती, गर्भका शिशु र वृद्ध पर्छन् । रगतमा सीओ नाप्न मिल्ने गरी छोटो समय मात्र रहन्छ ।

रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृ’त्यु हुन्छ ।

चिसोले निम्त्याउने स्वास्थ्य समस्या

जाडोमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङ्काइटिस, दम, श्वास–प्रश्वास, पिनास, निमोनिया, चिसोको एलर्जी, घाँटीको संक्रमण, भाइरल झाडापखाला, छाला फुट्ने/चिलाउने/सुन्निने, सेतो कत्ला निस्कने, छाला सुक्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, मुटु कमजोर हुने समस्या देखिन सक्छ ।

हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने, दाद, ओठ र हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउँ जस्ता पाचनसम्बन्धी रोगहरू, हातखुट्टा र जोर्नी सुन्निने पनि हुन सक्छ । चिसोले मुटु, जोर्नी, श्वास–प्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्छ ।

शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात दोब्बर बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने, सरसफाइको कमीले विभिन्न संक्रमण अनि बालबालिकामा दादुरा र ठेउला पनि हुने हुन्छ ।

चिसोले रगत बाक्लो बनाउँछ, पातला रक्तनली साँघुरिन्छन् अनि रगतको दबाब बढ्छ, मुटुको चालमा समेत वृद्धि हुन्छ । कोरोनरी धमनीमा कोलेस्ट्रोल जम्छ, धमनी साँघुरो र असमतल हुन्छ अनि रक्त आपूर्ति अपुग भई मुटु दुख्छ । यसलाई ग्यास वा अपच भनी लापरबाही पनि गरिन्छ । रक्त धमनी साँघुरिई मस्तिष्क वा अन्य अंगमा पक्षाघात हुन सक्छ ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…