‘प्रचण्ड र माधव नेपालका बीचमा फाटो ल्याउने प्रयास’

हुँदै नभएकाे विषय उठाएर प्रचण्ड–माधव नेपालका बीच फाटो ल्याउन षड्यन्त्र गरिएको नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ ।

सोमबार चिनियॉ टोलीसँगको भेटमा प्रचण्डले ‘माधव नेपाललाई अध्यक्ष पद केवल भनिएको मात्र हो’ भन्ने खालको समाचार एक अनलाइनले प्रकाशित गरेपछि त्यसको खण्डन गर्दै प्रचण्डको सचिवालयले भ्रममा नपर्न आग्रह गरेको हो ।

समाचारको खण्डन गर्दै प्रचण्डको सचिवालयले भनेको छ, ‘हाम्रो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालका बीचमा फाटो पार्ने कुत्सित मनसायबाट प्रेरित छ र नियोजित हिसावले राजनीतिक दुराग्रहपूर्ण निराधार मिथ्या प्रचार बाहेक यो केही नभएको जानकारी गराउँदछौं ।’

पार्टी एकीकरण पश्चात एकीकृत पार्टीमा भएको दुई अध्यक्षात्मक व्यवस्थाप्रति दुबै अध्यक्षहरु दृढ रहेको र दुबै जना बराबर अध्यक्षको हैसियतमा रहेको सचिवालयले स्पष्ट पारेको छ ।

यस्ता दुश्प्रचारको खण्डन गर्दै यसको भ्रममा नपर्न पार्टीका सम्बन्धित सबैमा सचिवालयले अनुरोध गरेको छ ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…