माधवकुमार नेपालको हैसियत प्रचण्डको मामुली कार्यकर्ता मात्रको हो : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहालको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाएका छन्।

सुदूरपश्चिम क्षेत्रका आफूनिकट नेकपाका कार्यकर्ता तथा नेताहरूको राजधानीमा भएको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्। मलाई केही पनि भन्नु छैन,’ उनले भने,‘ उहाँ (माधव नेपाल) सधैँ उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो। उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ।’

ओलीले नेपालको क्यारिकेचरसमेत गरेका थिए। ‘अपमान! मान पाइनँ मैले! ‘ माधव नेपालमाथि टिप्पणी नगर्ने भन्दै उनले भने,’उहाँको के टिप्पणी गर्नु उहाँ प्रचण्डको कार्यकर्ता हुन जानुभयो कार्यकर्ताको के टिप्पणी गर्नू?’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।

‘मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको थिएँ । एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरेँ । प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ । तर, वहाँले सहमति कार्यान्वयन गर्नुभएन,’ उनले भने।

उनले एकता गर्नका लागि पूर्वमाओवादी पक्षलाइ ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गरे । ओलीले भने, ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो । तर एकताका लागि मैले ४० प्रतिशत दिएँ । तर, वहाँले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गर्नुभयो जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो।’

अध्यक्षले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे। ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिनँ। चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ। अब चुनावको तयारी गर्नुहोस्,’ उनले भने, ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस्।’

ओलीले कमिललालाई पनि काल आयो भने प्वाँख पलाउने उदाहरण प्रस्तुत गर्दै प्रचण्ड–नेपाल समूहलाई त्यसैसँग तुलना गरेका छन् ।

‘कमिलालाई काल आयो भने पखेटा पलाउँछ,’ उनले भने, ‘अहिले यिनीहरु फुरफुर गरेर हिँडेका छन् । यिनका हिसाब जनताले राखेका छन्।’

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षबाट आफूलाई कारबाही गरेको विषयमा प्रतिक्रिया दिएका छन्।

‘केही मान्छेहरु किन उत्ताउलिएका हुन्। मिलेर चुनावमा जाऊँ भनेर प्रचण्डलाई भनेँ मान्‍नु भएन। उहाँ त केपी ओलीलाई पार्टीबाट निकाल्दिनेतिर लाग्नुभयो। प्रचण्डले बनाएको कार्यकर्ता हुँ र म निकाल्नलाई?,’ओलीले प्रश्न गरे।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा आउने भए अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्।

भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले चुनावमा प्रचण्ड–माधव समूह आए अध्यक्ष पद छोड्ने प्रतिबद्धता जनाए।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…