टोपबहादुर आए, लोडसेडिङ फर्काए !

काठमाडौं। उर्जामन्त्रीको दोस्रो कार्याकालका लागि टोपबहादुर रायमाझीले भर्खरै मात्र पदभार सम्हालेका छन्। तर, संयोग नै मान्नुपर्छ उनले पदभार सम्हालेको २४ घण्टा नबित्दै राजधानीमा लोडसेडिङकै भान पार्ने गरी विजुली जान थालेको छ। लोडसेडिङकै शैलीमा विद्युत जान थालेपछि यतिबेला फेरि १८ घण्टे लोडसेडिङकालको सम्झना शुरु भएको छ।

हाल उर्जामन्त्री भएका टोपबहादुर संविधान जारी भएपछि बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा यसअघि नै उर्जामन्त्री थिए। २०७२ सालमा उनी उर्जामन्त्री रहँदा देशमा १८ घण्टा नै लोडसेडिङ हुने अवस्था समम आएको थियो। त्यतिबेला विद्युत प्राधिकरणका एमडी मुकेश काफ्लेसँग मिलेर रायमाझीले लोडसेडिङ गराएको भन्दै उनको आलोचना भएको थियो।

त्यतिबेला मन्त्री रायमाझी लोडसेडिङका साक्षी जस्तै थिए। तर, ओली सरकार ढलेपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुशल व्यवस्थापक कुलमान घिसिङलाई नियुक्त गर्‍यो। उनै कुलमानले १८ घण्टे लोडसेडिङको अन्धकार हटाएर मुलुकमा चमत्कार गरिदिए।

हाल कुलमान घिसिङको कार्यकाल सकिएको छ। उनको पुनर्नियुक्तिो लागि उर्जामन्त्री वर्षमान पुनले कोशिस गरे पनि प्रधानमन्त्री ओलीले रोकेका कारण हालसम्म पनि उनको नियुक्त हुन सकेको छैन। कुलमानको अभाव र उर्जामन्त्री परिवर्तन भएकै दिनदेखि नेपालमा फेरि झ्याप झ्याप बत्ति जान थालेपछि फेरी लोडसेडिङ हुने त्रास बढेको छ।

यता उर्जामन्त्री भएपछि पदभार ग्रहण गर्दै रायमाझीले एमसीसीबारे अनावश्यक कुरा नगर्न भन्दै एमसीसी कार्यान्वयन हुने बताएका छन्। अहिले पनि देशको दूरदराजमा विद्युत बिस्तार हुन नसकेको र उद्योगहरुमा पर्याप्त बिजुली पुग्न नसकेको दृश्य हेरिरहँदा रायमाझीले कुनै नैतिकताले विद्युत व्यापारको कुरा गरिरहेका छन्, त्यो भने शंकाकै विषय बनेको छ।

नेपालमा अमेरिकी शैन्य रणनीतिअनुसार एमसीसी परियोजना ल्याउन खोजिएको भन्दै त्यसको व्यापक आलोचना भएको छ। आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा पर्ने भन्दै श्रीलंकाले एमसीसी अस्वीकार गरे पनि ओली नेतृत्वको सरकारले एमसीसी पास गराउन जोरजुलुम गरिरहेको छ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…