नेपालको राजनीतिक संकट निम्तिनुमा अमेरिकाको हात,एमसीसी सम्झौता मुख्य कारण : भारतीय पूर्वराजदूत

काठमाडौँ  । नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको बताएका छन् । भारतीय अखबार द ट्रिब्युनमा बुधबार प्रकाशित लेखमा पूर्वविदेश सचिवसमेत रहेका शरणले नेकपाभित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेफ्रीको भूमिका निर्वाह गरेको बताएका हुन् । उनले यान्छीलाई ‘चाइनिज एक्टिभिस्ट एम्ब्यासडर’ को संज्ञा पनि दिएका छन् ।

नेपाल मामिलाका जानकार मानिने शरणले चीनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित चार सदस्यीय टोली पठाएर नेकपालाई एकीकृत नै राख्ने प्रयास गरेको पनि लेखमा उल्लेख गरेका छन् ।

नेकपाभित्रको विवाद मिलाउन चीन सक्रिय रहे पनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्ने उनले बताएका छन् । ‘हामीले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई पर्ख र हेरको रणनीति अपनाएर मात्रै अघि बढ्नुपर्छ,’ उनले भनेका छन् ।

त्यस्तै पूर्वराजदूत शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा पुन:स्थापना गर्न र राजीनामा दिन चिनियाँ पक्षबाट मनाउने प्रयास गरिएको पनि दाबी गरेका छन् ।

‘ओलीलाई नेतृत्व परिवर्तन र प्रतिनिधिसभा पुन:स्थापनका लागि मनाउने प्रयास गरिएको बुझिएको छ । उनलाई राजीनामा दिन लगाउँदै, विवादास्पद छवि नभएका राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास गरिएको छ । तर ओली भने त्यसलाई प्रतिवाद गर्नेपक्षमा देखिएका छन् ।’

प्रधानमन्त्री केपी शमर्का ओलीको कदमले नेकपाको भविष्य जतासुकै लगे पनि नेपालको प्रजातन्त्र र राजनीतिक स्थिरताका साथै आर्थिक समृद्धिमा भन्ने धक्का पुग्ने शरणले उल्लेख गरेका छन् ।

त्यस्तै शरणले नेपालको पछिल्लो राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको आशंका व्यक्त गरिएको चर्चा गरेका छन् । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) प्रस्तावित ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको हुन सक्ने आशंका व्यक्त गरिएको उनले बताएका छन् ।

‘पछिल्लो संकटमा अमेरिकी भूमिका रहेको आशंका गरिएको छ । ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताको प्रचण्ड र नेकपाका अन्य नेताहरुले विरोध गरेका थिए तर ओलीले भने यो प्रस्ताव पास गर्न स्वीकृति दिएका छन् । एमसीसीको विरोध गर्नेहरु चीनको इसारामा चलेको बताइएको छ,’ शरणले लेखेका छन् ।

साथै नेपालमा अमेरिका र चीनबीचको ‘पावरप्ले’ का कारण भारत ‘साइड सो’ बन्ने खतरामा रहेको पनि शरणले दाबी गरेका छन् । ‘अमेरिकाले नेपाललाई प्रयोग गरेर तिब्बतमा भइरहेका मानवअधिकार हननलगायतका मुद्दा उठाएर चीनलाई कमजोर बनाउन खोजेको पनि बताइएको छ,’ शरणले लेखेका छन् ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…