प्रचण्ड र माधव नेपालसँगै विरोध जुलुसको अग्रपंक्तिमा उपराष्ट्रपतिका छोरा दिपेश पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले विरोध जुलुससहित सभा गरेको छ । आज राजधानीमा निकालिएको जुलुसमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अग्रिम मोर्चामा देखिएका थिए ।

उनीहरुसँगै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेश पुन पनि देखिए । पुन नेकपाको प्रचण्ड समूहमा सक्रिय छन् । उनी बेला बेलामा चर्चामा आइरहन्छन् ।

प्रचण्ड-माधव नेकपा पेरिसडाँडामा जुट्दै : १२ बजे स्थायी कमिटी, आन्दोलनका थप कार्यक्रम घोषणा गरिने

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी आज पनि संघर्षमा जुट्दैछन्। बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने नेता योगेश भट्टराईले जानकारी दिए।

वृहत भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। त्यसैगरी १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको छलफल चल्नेछ। पेरिसडाँडामा चल्ने छलफलले भावी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने भट्टराईले बताए। आन्दोलनका कार्यक्रम आजै ३ बजे घोषणा गरिने उनले बताए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा फुटेको छ प्रचण्ड माधव पक्ष सडक संघर्षमा उत्रिएको हो। हिजो मंगलवार नेकपाले देशभर प्रदर्शन गरेको थियो।

प्रधानमन्त्रीप्रति आक्रोशित, राष्ट्रपतिप्रति मौन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित एउटा पक्ष, दाहाल-नेपाल समूह पुस १० गतेदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमविरूद्ध चरणबद्ध आन्दोलनमा छ । पुस १० गते माइतीघर मण्डलामा बहुमत केन्द्रीय सदस्यहरू भेला भएर ‘हामी यहाँ छौँ’ अर्थात् बहुमत हामी हौँ र आधिकारिकता पनि हामीले नै पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए । र, त्यही दिन निर्वाचन आयोग पुगेर आफ्नो पक्षको तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णयको जानकारीसमेत गराएका थिए ।

त्यसयता प्रधानमन्त्रीको पुस ५ गतेको कदमलाई असंवैधानिक र प्रतिगनको संज्ञा दिँदै दाहाल-नेपाल समूह दिनहुँजसो आन्दोलनमा छ । पहिलो चरणको आन्दोलनको अन्तिम दिन मंगलबार उनीहरूले जनप्रदर्शनसहितको विरोधसभा आयोजना गरेका थिए ।

विरोधसभामा बोल्ने अधिकांश वक्ता प्रधानमन्त्री ओलीविरूद्ध आक्रामक देखिए । प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारीहरूको गोटी बन्दै संविधानको हत्या गर्ने र मुलुकलाई प्रतिगमनतिर धकेल्ने चेष्टा गरेको आरोप लगाए । राष्ट्रपति विद्या भण्डारीप्रति भने उनीहरूले कुनै रोष प्रकट गरेनन् । विरोधका वचनसमेत बोलेनन् ।

अनौपचारिक संवादहरूमा राष्ट्रपति भण्डारीप्रति खरो रूपमा प्रस्तुत हुने, शीतलनिवासमा बसेर ओलीको गुटको संरक्षण गरेको आरोप लगाउने उनीहरूले राष्ट्रपतिविरूद्ध मुख खोलेनन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक मात्रै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा भङ्ग गर्न नपाउने र संविधानमा त्यो प्रावधान नरहेको बाहेक राष्ट्रपतिविरूद्ध कुनै शब्द प्रयोग गरेनन् ।

“हुँदै नभएको व्यवस्था, हुनै नभएको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले संसद् विघटन गर्नुभयो, त्यो गलत छ । सदन भङ्ग भएको छैन । हामी माननीय सदस्यहरू अहिले पनि जीवित छौँ,” विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “भङ्ग भएको त केपी ओलीको सरकार हो । संविधानविरोधी काम गरेर केपी ओलीले आफूले आफैँलाई विघटन गराएका छन् । केपी ओलीले इतिहासका कलङ्कको टीका लगाएका छन् । त्यो कहिल्यै मेटिँदैन । जबसम्म केपी ओलीले पश्चाताप गर्ने छैनन्, लोकतन्त्रमाथि मैले घात गरेँ, आफैँले बनाएको संविधानको बलात्कार गरेँ मैले, म अपराधी हुँ भन्ने छैनन्, तबसम्म इतिहासले उनलाई माफी दिने छैन ।”

वक्ताका रूपमा रहेका पार्टीका समान वरीयताका अध्यक्ष माधवकुमार नेपाल पनि ओलीप्रति नै आक्रामक रहे । ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि जनतालाई सुख कम दुःख ज्यादा दिएको, मान कम, अपमान ज्यादा गरेको टिप्पणी गरे ।

“प्रधानमन्त्रीजी तपाईंमा लोकतान्त्रिक आचरण रहेनछ । कम्युनिस्ट आचरण, संस्कार रहेनछ । न कम्युनिस्ट चरित्र छ तपाईंमा,” नेता नेपालले ओलीप्रति टिप्पणी गरे, “तपाईंमा सल्लाह गर्ने, सहमतिमा चल्ने, सामूहिकतामा विश्वास गर्ने बानी छैन । त्यसो भएर पार्टीभित्र हामीले भन्यौँ– केपी ओलीमा व्यक्तिवाद छ । केपी शर्मा ओलीमा गुटवादी प्रवृत्ति छ । केपी शर्मा ओलीमा निरङ्कुश चरित्र छ । र, उहाँमा बदलाको भावना छ । उहाँको हृदयमा विशालता छैन, सबैलाई समेटेर जान चाहनुहुन्न । न उहाँ राष्ट्रियताको विषयमा दह्रो गरी उभिनुभएको छ । उहाँ खाली ‘म्यानुपुलेसन’मा विश्वास गर्नुहुन्छ ।”

नेता नेपालले केपी ओलीमा ‘केपीबा’ प्रवृत्ति रहेको र त्यो सामन्ती संस्कारकै निरन्तरता भएकोसमेत आरोप लगाएका थिए ।

तर, उनले राष्ट्रपतिप्रति कुनै विरोधमा शब्द खर्चिएनन् । उनले मात्र होइन, वरिष्ठ नेता झलनाथ खनाल, विरोधसभाको अध्यक्षता गरेका प्रवक्ता तथा केन्द्रीय सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ र स्वागत मन्तव्य दिएकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पनि राष्ट्रपति लक्षित गरेर कुनै विरोध, आक्रोश राखेनन् ।

संसद् विघटन गर्ने सिफारिस प्रधानमन्त्री ओलीको भएकाले राष्ट्रपतिप्रति त्यति नेताहरूले विरोध नगरेको बेदुराम भुसाल बताउँछन् । यद्यपि, विरोध प्रदर्शनमा भने राष्ट्रपतिविरूद्ध उत्तेजक र भद्दा नारा नै लागेका थिए । “संसद् विघटनको मुख्य दोषी प्रधानमन्त्री नै हुन्, राष्ट्रपति विद्यादेवी भण्डारीले उनको सिफारिस कार्यान्वयन न गरेको हो,” भुसाल थप्छन् ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…