ओलीले नक्कली राष्ट्रवाद : भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्चे नक्सा टेबलमुनि लुकाइयो

गण्डकी । नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली राष्ट्रवाद देखाएको बताएका छन् । उनले भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्‍चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली राष्ट्रवाद देखाएको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा मंगलबार नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विरोध प्रर्दशनमा बोल्दै नेता पाण्डेले भारतको उक्साहटमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको आरोप लगाए ।

उनले भने,‘भारतको प्रतिनिधि भ्रमण आउँदा चुच्चे नक्सा टेबलमुनि राखेर पुरानै नक्सा देखाएर वार्ता गर्ने र जनतामा आएर चुच्चे नक्सा देखाउँदै भ्रम छर्ने गरेका छन् ।’ नेता पाण्डेले प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले भन्दा ठूलो दर्भाग्य व्यहोनुपर्ने बताए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै यसविरुद्ध गरिएको आन्दोलन नेताको लागि नभई जनताको लागि भएको नेता पाण्डेको भनाइ थियो ।

उनले पार्टीमा दाहाल–नेपाल समूहको बहुमत भएको दाबी गरेका छन् । उनले प्रम ओलीलाई कोरोनाले थिल्थिलाएको देशलाई प्रतिगामी कदम चालेर द्वन्द्वमा घचेट्न लागेको आरोप लगाए ।

पूर्व एमाले र पूर्व माओवादीबीच एकता गर्ने क्रममा भएका सम्झौतालाई प्रम ओलीले कार्यान्वयन गर्न नखोज्दा अहिले यो अवस्था आएको उनको भनाइ थियो । ओलीलाई अरुबाट परिचालित गरिएको बताउँदै नेता पाण्डेले संविधानमाथि बलात्कार भएको बताएका थिए ।

खान टुक्काले देश चल्दैन, देशका लागि भिजन चाहिन्छ : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले तीन वर्षसम्म गफ हाँकेर बिताएको बताएका छन्। बालुवाटार पुगेपछि पार्टी बिर्सिएर ओलीले गफै मात्र हाँकेको उनको आरोप छ।

‘हामीले केपी ओलीलाई अपार विश्वास गर्यौँ। तर, बालुवाटारमा पुगेको दिनदेखि उहाँले पार्टीलाई बिर्सनुभयो। उहाँले पार्टीलाई भर्याङ ठान्नुभयो। उहाँले गफैगफ हाँकेर तीन वर्ष बिताउनुभयो’, नेता खनालले भने, ‘कहिले पानीजहाल ल्याउनुभयो। कहिले रेल ल्याउनुभयो। भावनामा बग्नुभयो। गफ गरेर र उखान र टुक्काले देश चल्दैन। देशका लागि भिजन चाहिन्छ कमरेडहरु।’

संविधानमाथि घात गरेको भन्दै खनालले ओलीका कामलाई स्वीकार गरे देश अस्थिरतातर्फ जाने बताए।

संसदको पुनःस्थापना अनिवार्य शर्त भएको उनको भनाइ छ। ‘जबसम्म संसदको पुनःस्थापना हुँदैन त्यस बेलासम्म नेपाली जनता उठे। अब राष्ट्रव्यापी रुपमा आन्दोलनको आँधीबेहरी उठाउँछौँ’, खनालले भने।

ओलीले एकलौटी शासन गरेको आरोपसमेत लगाएका नेता खनालले कहिल्यै पनि पार्टीको सुझावलाई ओलीले स्वीकार नगरेको बताए।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…