लाचार सरकार : भुक्तानी माग्दै आन्दोलनरत उखु किसानको हृदयघातले निधन

काठमाडौँ  । उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण नि’धन भएको छ । ६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार यादवलाई मंगलबार बिहान छाती दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो ।

मंगलबार बिहान यादवले ‘मलाई गाह्रो भयो’ भनेर साथीलाई भनेपछि उनलाई अस्पताल लगिएको थियो । हेल्पिङ ह्यान्ड्सका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरेका थिए ।

यादवले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो । उखु बेचेको भुक्तानी माग गर्दै उनी पनि माइतीघरमा आन्दोलन गरिरहेका थिए । ४ दिनअघि उनले अन्नपूर्ण मिलबाट १ लाख ६० हजार रुपैयाँ मात्र पाएका थिए ।

उनले बैंकबाट १८ लाख रुपैयाँ ऋण लिएका छन् । ब्याजसहित उनले बैंकलाई तिर्नुपर्ने रकम करिब २२ लाख पुगेको उनका नातेदार महिन्द्र राय यादवले जानकारी दिए ।

मिश्रका अनुसार आन्दोलनपश्चात उनी बासबस्न जोरपाटी जान्थे । ‘राति एक्कासि हृदयघात भयो,’ मिश्रले भने, ‘दु:खद समाचार सुन्न पर्‍यो ।’

उखु किसानहरु मसिर २८ गतेदेखि आन्दोलन गरिरहेका थिए । आन्दोलन गरेपछि उखु मिलले किस्तामा भुक्तानी गरिरहेको थियो । यादवले पनि अन्नपूर्ण मिलबाट दुई लाख भुक्तानी पाएका थिए । किसानहरु सबै रकम लिएरै मात्रै घर फर्किने बताउँदै आएका थिए ।

 

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…