लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी मुर्ख कि, ओली

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटपछि गरेका गतिविधिप्रति आक्रोश व्यक्त गरिरहेका छन्।

निर्वाचित जनप्रतिनिधिको निकाय संसद भंग गरेर सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार गरेको भन्दै उनले नवगठित मन्त्रिमण्डलप्रति आपत्ति जनाएका हुन्।

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा आफैं गरेर मन्त्रिपरिषद् पुर्नगठन गर्नु विधि परम्परा विपरित भएको उनको ठहर छ।

बाबुरामले ओलीको यो शैलीलाई ज्ञानेन्द्रले गरेको जस्तै भएको टिप्पणीसमेत गरेका छन्। यही सन्दर्भमा विरोध गर्नुपर्ने भन्दै उनले यस्तो बताएका हुन् ।

‘आफै असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने’ यो कहॉको विधि र परम्परा हो ? सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान–लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?’, बाबुरामले ट्वीटरमा लेखेका छन् ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…