मितेरी अस्पतालमा नाकको जटिल शल्यक्रि सफल

हिमाली पत्रिका 

दाङको घोराहीमा रहेको मितेरी अस्पतालमा पहिलो पटक नाकको  शल्यक्रिया गरिएको छ। राप्ती गाउँपालिका भानपुरका नरेश चौधरीको बाङ्गिएको नाकको हड्डीको शल्यक्रिया गरिएको हो। मितेरी अस्पतालमा कार्यरत नाक,कान,घाँटी रोग विशेषज्ञ डाक्टर आशिष खड्गीले शल्यक्रिया गर्नुभएको हो।

एक महिना पहिले देखि नाक दुख्ने, रातमा सास फेर्ने समस्या हुने जस्ता समस्या लिएर मितेरी अस्पतालमा भर्ना हुन आएका चौधरीको नाकको हड्डी बाङ्गिएको थियो। यस प्रकारको रोगलाई (सेप्टल डेविएशन टर्विनेट हाइपरट्रोफी) जसलाई सामान्य भाषामा नाकको हड्डी बढ्नु,बाङ्गिनु भनिने डाक्टर आशिष खड्गी बताउनुहुन्छ । ‘यस प्रकारको समस्यालाई जटिल समस्या मानिन्छ, सम्भव त नाक सम्बन्धि दाङमा पहिलो पटक यस्तो जटिल शल्यक्रिया गरिएको छ।’, ‘डाक्टर खड्गीले  भन्नुभयो भयो,’ हामीले आधुनिक प्रविधि प्रयोग गरेर शल्यक्रिया गर्न सफल भएका हौँ’ ।

पछिल्लो समय मितेरी अस्पताल दाङमा नाक,कान,घाँटी सम्बन्धि समस्या लिएर आउनेहरुको संख्या वृद्धि भएको छ। लामो समय काठमाडौँ र पोखराका विभिन्न अस्पताममा अनुभव हाँसिल गर्नुभएका डाक्टर आशिष खड्गी दाङ आएपछि नाक, कान, घाँटी सम्बन्धि रोगको उपचारकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।

डाक्टर खड्गी दाङ आएको तीन महिनामै सना ठुला गरि करिव तीस भन्दा बढी शल्यक्रिया गरिसक्नुभएको छ ।दाङमा अझैपनि शल्यक्रिया जस्तो जटिल उपचार गर्न मानिसहरु जिल्ला बाहिर जाने प्रचलन रहेको डाक्टर खड्गी बताउनुहुन्छ ।

मितेरी अस्पताल दाङले विगत पाँचवर्ष देखि  विभिन्न विशेषज्ञ सेवा प्रदान पर्दै आइरहेको छ। हाल यस अस्पतालले नाक, कान, घाँटी , स्त्री तथा प्रसुति, हार्डजोर्नी तथा नसा लगाएत अन्य विभिन्न सेवा पर्दान गरिरहेको छ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…