कांग्रेस विद्या र केपी ओलीको रमिता टुलुटुलु हेरेर बस्न सक्दैन : थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको साथमा संविधानलाई धुजाधुजा बनाएकोले कांग्रेस प्रतिरोधमा उत्रेको बताएका छन्।

देशका १६५ निर्वाचन क्षेत्रबाट सरकारविरूद्ध प्रदर्शन हुनु पूर्वसन्ध्यामा एक भिडिओमार्फत् थापाले भइरहेको प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री र राष्ट्रपतिले वैशाखमा नहुने चुनावतिर लैजान खोजेको उल्लेख गरेका छन्।

‘पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गर्नुभयो, यो गैरजिम्मेवारी काम हो। राजनीतिक र संवैधानिक अपराध हो,’ उनले भने, ‘भंग गर्ने नेता ओली हो। मतियार सिंगो नेकपा हो। प्रचण्ड-माधव नेपाल पनि हुन्।’

आफूले संसदमा उभिएर प्रधानमन्त्री ओली असक्षम भइसकेकोले नेकपाले अर्को प्रधानमन्त्री बनाओस् भने पनि त्यसबेला हल्का ढंगले लिइएको थापाको भनाइ थियो।

‘मैले संसदमा उभिएर प्रधानमन्त्री ओली असक्षम भनेको थिएँ। नेकपाले प्रधानमन्त्री बदल्नुस् भनेको हो। त्यो बेला हाम्रा कुरा हल्का ढंगले लिनुभयो,’ उनले भने, ‘मनमा लोभ र डर नराखेर दलभित्र छिनोफानो गर्न संसदीय व्यवस्थाका प्रवन्ध गरेको भए प्रधानमन्त्री ओलीले नेकपा र संसदमा प्रहार गर्न सक्दैनथे।’

प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरेको उनले बताए। ‘यो अपराध गर्ने ओली हो र मतियार राष्ट्रपति,’ उनले भने।

प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेकोले कांग्रेस टुलुटुलु हेरेर नबस्ने थापाले बताए।

‘कांग्रेस टुलुटुलु हेरेर बस्दैन। प्रधानमन्त्री ओलीले राष्ट्रपतिको साथमा संविधान धुजाधुजा बनाए,’ उनले भने, ‘यो कदमविरूद्ध लड्ने हो। प्रतिवाद गर्ने हो टुलुटुलु हेरेर बस्ने होइन। संविधान हाम्रो नेतृत्वमा बनेको हो।’

प्रतिनिधि सभा विघटनको कदम सच्याउन उनले माग गरेका छन्। उनले अदालतमा यसबारे छलफल भइरहे पनि बोल्न मिल्ने बताएका छन्।

‘हाम्रा पार्टीका कतिपय साथीहरूले अदालतमा छलफल भइरहेको विषयमा बोल्न मिल्दैन भन्नु भएको छ। वीपीको कार्यकर्ता, संविधान मिचेका बेला नबोलि बस्न सक्दैन।’

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…