क्रिस्टियानो रोनाल्डोलाई अर्को सफलता, २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । पोर्चुगिज राष्ट्रिय टिमका कप्तान तथा इटालियन फुटबल क्लब युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जितेका हुन् । उनले लियोनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पार्दै उक्त अवार्ड हात पारे ।

दुबईमा भएको एक अवार्ड कार्यक्रममा रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् । यसबीचमा उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते । यस्तै म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिगका उनी विजेता हुन् ।

यस्तै ग्लोबल सकर अवार्डमा रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते । लेवान्डोस्कीले रोनाल्डो र लियोनल मेसीलाई पछि पारे । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । बायर्नले क्लब अफ दि इअरको अवार्ड जित्यो ।

स्पेनका दुई खेलाडी गोकिपर इकर कासियास र डिफेण्डर जेरार्ड पिकेले प्लेअर करियर अवार्ड प्राप्त गरे ।

यस्तै स्पेनिस क्लब रियल मड्रिड क्लब अफ दि सेन्चुरी र पेप ग्वार्ढिओला कोच अफ दि सेन्चुरी बन्न सफल रहे ।

भर्खरै प्रकाशित

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता…

काठमाडौँ। नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।…

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…