अदालतले गरेन भने जनताको आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गर्नुपर्छ : घनश्याम भुसाल

बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनर्स्थापनाको विकल्प नभएको उनले बताए ।

पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आइतबार तिलोेत्तमामा गरेको पत्रकार भेटघाटमा नेता भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए ।

‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पर्थ्यो र ?’ भुसालले प्रश्न गर्दै भने, ‘अदालतले संविधान, जनचाहना र परम्परा हेरेर पुनर्स्थापना गर्छ भन्ने विश्वास छ । यदि अदालतले गरेन भने जनताको आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गरेरै छाड्छ ।’

प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधानको उल्लंघन सुरु हुने र मुलुकमा अस्थिरता निम्तिने उनको धारणा छ । संसद विघटन गर्ने निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनले बताए ।

नेता भुसाल प्रचण्ड–माधव समूहले रुपन्देहीको तिलोत्तमामा गरेको जिल्ला भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएका हुन् । लुम्बिनी प्रदेशका ९ जिल्लामा सो समूहले आइतबार जिल्ला भेला आयोजना गरेको छ ।

देशमा संकटकाल लाग्नसक्छ : देव गुरुङ

नेकपा प्रचण्डनेपाल समूहका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले देशलाई अस्थिरतामा लगेर सरकारले संकटकाल लगाउन सक्ने आशंका व्यक्त गरेका छन्।

आइतबार लमजुङ सदरमुकाम बेसीसहरमा प्रचण्ड नेपाल समुहका जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग बोल्दै नेता गुरुङले सरकार संकटकाल लगाउने तयारीमा पुगेको बताए।

‘अहिले भएको प्रतिनिधिसभा विघटन हिजोका राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको जस्तै असंबैधानिक ‘कु’ हो’, नेता गुरुङले भने, ‘संविधानमा व्यवस्था नै नभएको प्रतिनिधिसभा विघटन गरेर सरकारले विदेशी सेना भित्राउने बाटो खुला गरेको छ।’

उनले सडकमा भएको आन्दोलन, कोरना महामारी आदि संकट देखाएर संकटकाल लगाउने र अदालतलाई निष्कृय बनाएर विदेशी सेना भित्राउने रणनीतिमा सरकार रहेको आरोप लगाए।

‘हेरि राख्नुहोस यही अवस्थामा सरकारले संकटकाल लगाउँछ र अदालतलाई निष्कृय बनाएर अघि बढ्छ’, उनले भने, ‘यदि अदालत पनि संविधान विपरित गएमा सरकारलाई चुनाव सार्ने र संकटकाल लगाएर मुलुकलाई थप अस्थिरतामा लैजाने बाटो खुल्छ।’

उनले २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिए पनि अहिलेको संविधानमा यस्तो व्यवस्था नभएको बताए। ‘हिजो त्यो खालको व्यवस्था थियो र गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले संसद विघटन गर्नुभयो, तर आज त्यो ब्यवस्था छैन। संसद विघटन हुनै सक्दैन’, नेता गुरुङले भने।

नेता गुरुङले गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावको विषयमा आफूले केही भन्न नसक्ने बताए। ‘प्रदेशको विषयमा त्यहीँको पार्टी र यहींका प्रतिनिधिले निर्णय लिने कुरा हो’, उनले भने, ‘प्रदेश हेरेर कहीँ सरकार परिवर्तन र कहीं मिलेर सरकार चलाउने मोडेलको अभ्यास हुनसक्छ। सातै प्रदेशमा एउटै मोडेल हुन्छ भन्ने छैन्।’

प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रदेश सभासमेत विघटन गर्न लगाएर राष्ट्रपति शासन लागु गर्ने बाटोमा पनि जान सक्ने चिन्ता थपिएको उनले बताए।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…