अमेरिकाको होस् उडाउने नयाँ रिपोर्ट सार्वजनिक, अबको आठ बर्षमा हुनेछ चीन विश्वकै ठूलो अर्थतन्त्र

यसअघि प्रक्षेपण गरिएभन्दा पाँच वर्षअघि नै सन् २०२८ सम्ममा चीनले अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने एक रिपोर्टले देखाएको छ ।

बेलायतमा रहेको सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सीईबीआर) का अनुसार ‘कोभिड–१९ को कुशल व्यवस्थापनले’ आगामी वर्षहरुमा चीनको आर्थिक बृद्धि युरोप र अमेरिकाभन्दा बढी हुनेछ ।

यता, भारत पनि सन् २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बताइएको छ । सीईबीआरले हरेक वर्ष डिसेम्बर २६ मा आफ्नो रिपोर्ट सार्वजनिक गर्दछ ।

चीनमा पहिलो पटक कोभिड–१९ को महामारी देखापरे पनि चीनले तीव्र र कडा कदम चालेर संक्रमणलाई नियन्त्रण लिन सफल भएको छ । त्यहाँ युरोपमा जस्तै अर्थतन्त्रलाई ‘प्यारालाइज’ गर्ने लकडाउन दोहोर्याउन परेन ।

जसको कारण अन्य मुख्य अर्थतन्त्रहरुजस्तै चीनले सन् २०२० मा आर्थिक मन्दीको सामना गर्न परेन । यो वर्ष चीनको आर्थिक वृद्धि २ प्रतिशत रह्यो ।

यसको ठीक विपरित अमेरिका कोरोना महामारीले सर्वाधिक प्रभावित बनेको छ । अमेरिकामा हालसम्म ३ लाख ३० हजार बढीले ज्यान गुमाइसकेका छन् भने १ करोड ८५ लाख बढी संक्रमित बनिसकेका छन् ।

आर्थिक राहतको विषयमा विवादले १ करोड ४० लाख अमेरिकी बेरोजगार सुविधाबाट वञ्चित हुने देखिएको छ ।

‘कोभिड–१९ महामारी र अन्य ठाउँमा देखिएको आर्थिक मन्दी चीनको पक्षमा देखिएको छ,’ सीईबीआरको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा सन् २०२१ मा कोभिडपछिको अमेरिकी अर्थतन्त्रमा उछाल आउँदै सन् २०२२ देखि २४ सम्म वार्षिकरुपमा १.९ प्रतिशतले वृद्धि हुनेछ र त्यसपछि १.६ प्रतिशतमा सिमित हुनेछ ।

यता, चीनको अर्थतन्त्र २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि २०३० सम्म ४.५ प्रतिशतले वार्षिकरुपमा बृद्धि हुने रिपोर्टमा उल्लेख छ । बीबीसी

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…