नवनियुक्त स्वास्थ्य मन्त्री भनछन : सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराइन्छ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् ।

कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए । खरिद प्रक्रियामा आफुलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत बताए ।

कुनैपनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकोले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गरे ।

उनले भने– ‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौं । पारदर्शी ढंगले । कुनैपनि प्रोकुरमेन्ट, कुनैपनि खरिदमा कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन ।

चोट जसलाई जति लागोस, समस्या जसलाई जति परोस, प्रभावित जो जतिसुकै होस तर म ॐ पनि लेख्दिन । मेरो हस्ताक्षरको त पछिको कुरा हो । यो मेरो आफ्नो मान्यता हो । यो मान्यतालाई साथ दिन यहाँहरुसँग आग्रह गर्न चाहन्छु ।’

मन्त्री त्रिपाठीले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताए । सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनैपनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीले बताए । उनले छलफल र बैठक भन्दा पनि काम बढी गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…