प्रधानमन्त्री ओलीले नै कुलमान घिसिङको पुनर्नियुक्ति रोकेका हुन् : पूर्वऊर्जामन्त्री पुन

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सबै नागरिकले चाहँदा चाहँदै पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न नसकिएको आरोप लगाएका छन्।

मन्त्री पदबाट राजीनामापछि ‘नागरिक संवाद’ मा पत्रकार प्रशान्त लामिछानेसँग कुरा गर्दै पुनले ऊर्जामन्त्री रहेका बेला आफूले मन्त्रिपरिषदमा कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लिएर जाँदा पनि प्रधानमन्त्री ओलीले इन्कार गरेको बताएका हुन्।

समसामयिक राजनीतिक विषयपछि अन्त्यमा उनलाई सोधिएको थियो, ‘तपाईं ऊर्जामन्त्री भएका बेला सबै नागरिकले चाहेका कुलमान घिसिङलाई किन विद्युत् प्राधिकरणमा पुनर्नियुक्ति दिनु भएन नि?’

उनले भने, ‘अहिले त यसको जवाफ सान्दर्भिक छैन। तैपनि म ऊर्जामन्त्री छँदा मैले कुलमान पुनर्नियुक्तिको प्रस्ताव क्याबिनेटमा लिएर गएको हुँ, नियमित च्यानलबाट पनि र म आफैंले सीधै पनि। तर कार्यान्वयन भएन।’

त्यति मात्र होइन, आफूले त्यतिखेर प्रधानमन्त्रीलाई नै प्रस्ताव राखेको उनले बताए।

‘तर उहाँले मान्दै मान्नु भएन, यो कुरा क्याबिनेटका २५ जनालाई थाहा छ,’ पूर्वऊर्जामन्त्री पुनले भने, ‘यो कुरा अहिले त सान्दर्भिक छैन उहाँ (प्रधानमन्त्री ओली) काम गर्ने मान्छेलाई समेट्ने सोच भएको मानिस हैन।’

संसद् विघटन भएकै दिन नेकपा नेता पुनसहित ७ जनाले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

यो पनि पढ्नुहोस् :- काम चलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार छैन : रावल

धनगढी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रतिनिधिसभा विघटन गरेर काम चलाउ बनेको सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नभएको बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार तथा देशलाई दीर्घकालीन असर पर्ने निर्णय गर्ने अधिकार नरहेको बताए।

धनगढी रंगशालामा भएको कार्यक्रममा रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देश र जनताप्रति गम्भीर घात गरेको आरोप लगाए।

नेता रावलले पूर्वमाओवादी र पूर्व एमालेबीच भएको पार्टी एकतामा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आएर गम्भीर घात गरेको बताए। ओलीले जनताको बहुदलीय जनवादलाई पार्टी एकता गर्दादेखि नै छोडेको हुँदा अहिले जनताको बहुदलीय जनवाद अंगाल्न खोज्नु हाँस्यास्पद भएको नेता रावलको तर्क छ।

कोरोना कहरको बेला सरकारलाई पार्टीले पूरा साथ दिएको समयमा ओलीले पार्टी फुटाउने बिधेयक ल्याउन खोजेको आरोप लगाउँदै नेता रावलले केपी शर्मा ओली पहिलेदेखि नै पार्टी फुटाउन उद्दत रहेको बताए।

पार्टीको अध्यक्ष भएर पनि पार्टीको बैठकमा आएर कहिले पनि पार्टीका नेताहरुले उठाएका प्रश्नको जवाफ नदिएको आरोप लगाउँदै नेता रावलले भने, ‘पटकपटक उनलाई सच्च्याउन खोज्यौं, लिखित, मौखिक रुपमा पूर्व प्रधानमन्त्रीहरुले समेत ओलीलाई बैठकमा बोलाउँदासमेत ओली निरकुंश शैलीमा अगाडि बढ्नुभयो।’

देशको प्रधानमन्त्रीले कानूनी राज्यको रक्षा गर्नुपर्ने, बिधीलाई मान्नुपर्नेमा सबैभन्दा बढी बिधी मिच्ने, कानून नमान्ने, स्वच्छाचारी र निरंकुश चरित्र केपी शर्मा ओलीले देखाएको नेता रावलको आरोप छ।

बालुवाटारमा ओलीले पक्षले गरेको केन्द्रीय समितीको बैठक ओली गुटको भेला मात्रै भएको बताउँदै नेता रावलले निरकुंश शासकको शैलीमा मन्त्री बिस्तार गरिएको प्रति चर्को बिरोध गरे।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…