२००७ सालका दुई दर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईँको मन दुःख्दैन ?

राप्रपा अध्यक्ष कमल थापाले २००७ सालमा दुई दर्जन क्रिश्चियन रहे पनि अहिले आएर ४० लाख क्रिश्चियन भएको भन्दै नेपाली जनतालाई के तपाईँलाई मन दुख्दैन भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन। सबै धर्म प्रति मेरो सम्मान छ। तर,बि.सं २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनाबद्ध र संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ ।हाम्रो गौरवशाली सनातन धर्म र सभ्यता माथीको यो आक्रमणले असह्य पिडा हुन्छ।के तपाईको मन दुःख्दैन?’

अध्यक्ष थापाले धर्म बचाउन आग्रह गर्दै भनेका छन्, ‘धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन्।

पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन्।यिनले बिदेशीले दिने डलरसंग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन्। सनातन धर्म संस्कृतिको रक्षा गरौं।’

कुनै धर्मप्रति मेरो वैमनस्यता/विरोध छैन।तर,२००७सालमा २दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच/भ्रम सिर्जना गरेर तथा संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४०लाख पुगेको छ।हाम्रो गौरवशाली सनातन धर्म/सभ्यता माथीको यो आक्रमणले असह्य पिडा हुन्छ।के तपाईको मन दु:ख्दैन?

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले ७७ जिल्ला प्रशासन कार्यालयमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…