नेपाली सुरक्षाकर्मी नलिइकन विमानस्थलबाट बाहिरिए चिनियाँ उपमन्त्री

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ काठमाडौं आएका छन् । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

एयर चाइनाको फ्लाईटमार्फत नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिइकन निस्केका छन् । उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

‘सुरक्षाबारे दूतावासमा चासो राख्दा अहिले आवश्यक नपर्ने बताउनुभएको छ’ गृहमन्त्रालयका ती अधिकृतले भने–‘भ्रमण तालिका पनि सार्वजनिक गर्नुभएको छैन ।’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

नेकपाका दुवै पक्षका शिर्ष नेताहरुलाई भेट्दै

नेकपाको बिभाजनबाट असन्तुष्ट रहेको चिनियाँ कम्युनिष्ट पार्टीको यो टोलिले नेकपाको दुवै समूहलाई भेटेर एकता पुनःस्थापित गर्ने प्रयास गर्ने बुझिएको छ ।

यस अघि नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेकपाका नेताहरुलाई भेट गरेकी थिइन् । यान्छीले यस अघि नेकपाका अध्यक्षद्वय प्रचण्ड, नेपाल, बर्षामान पुन, कृष्णबहादुर महरासँग भेट गरेकी थिइन् ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…