नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री नेपाल आउने

काठमाडौ । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री नेपाल आउने भएका छन् । आइतबार नेपाल भ्रमणमा आउन लागेका उपमन्त्री क्वो ए चौको भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।

नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ । पार्टी विभाजनको पीडामा रहेको नेकपालाई उनको भ्रमणले केही मल्हम लगाउने आंकलन गरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख समेत रहेका क्वोको भ्रमण नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले मिलाएको बताइएको छ । चार सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँमा चार दिन रहने छ ।

संसद विघटनपछि दुवै पक्षका नेताले एकले अर्कालाई सिध्याउने खेलमा लागिरहेका बेला राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली प्रचण्ड र माधव नेपाल, झलनाथ खनाल र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेर उपमन्त्रीक्वो नेपाल भ्रमणमा आउन लागेको जानकारी गराएकी थिइन् ।

चिनियाँ नेता नेकपाको विवाद मिलाउ आएको  भारतीय मिडियाको दावी 

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री नेपाल आउने भएपछि त्यसको तरंग भारतीय मिडिया सम्म पनि पुगेको छ। चीनले नेपालमा हाल देखिएको कम्युनिस्ट पार्टी भित्रको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सहित अन्य चार शीर्ष नेता आउन लागेको दि हिन्दुले लेखेको छ।

यद्यपि भारतले  प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई  ‘नेपालको आन्तरिक मामिला’ भनेर टिप्पणी गरेको गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल सरकारको निर्णयलाई आन्तरिक मामिला भनेका थिए ।

‘हामीले नेपालमा पछिल्लो राजनीतिक विकासक्रमलाई नोट गरेका छौँ । यी भनेका नेपालले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिने आन्तरिक मामिला हुन् । एउटा शुभचिन्तक र छिमेकीका रूपमा भारतले नेपाल र नेपालका जनतालाई विकास, समुन्नति तथा शान्तिको मार्गमा अगाडि बढ्न निरन्तर सहयोग गर्नेछ ।’

पछिलो समय भारत नेपालको आन्तरिक मामिलामा चीनले जस्तो महत्व दिन छाडेको छ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…