मानवता हराएपछि : आफ्नो राजनैतिक स्वार्थ पुरा गर्न अबोध जनावरमाथि अत्याचार

प्रधानमन्त्रीले संसद विघटन गरेपछि उनको विरोधमा अहिले सडक देखि सामाजिक संजाल समेत तातेको छ। विरोधका विभिन्न स्वरुपहरु देखिएरहेका छन्। पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र माधव कुमार नेपाल पनि हामी यतै छौं भन्दै सडकमा उत्रिए।

आफ्नो स्वार्थका लागि सडकमा आउनु, ढुंगामुडा तोडफोड गर्नु नेपाली नेता कार्यक्रताको मौलिक संकृति जस्तै भएको यथार्थ नै हो। तर आफ्नो राजनैतिक स्वार्थका लागि एक अबोध जनावरल़ाई प्रयोग गरिएको तस्विरले भने मानवता हराएको चित्रण गर्दछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्ने नाउँमा कुकुरको घाँटीमा जबर्दस्ती डोरी कसेर प्रदर्शन गरिएको छ । चरिकोट बजारमा शनिबार यसरी प्रदर्शन गरिएको केहीबेरमै प्रदर्शनकारीबाट प्रहरीले कुकुर र तस्बिर खोसेका थिए ।

हाल नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध देशभर विरोध कार्यक्रम जारी राखेका छन् ।

शनिबार कुकुरको गलामा प्रधानमन्त्रीको तस्बिर राखिएर प्रदर्शन गरिएको विषयमा भने सामाजिक संजालमा चर्को विरोध भइरहेको छ । मानिसहरुले पशु अधिकारको हनन् भएको भन्दै यस कार्यको आलोचना गरेका छन् ।

यो पनि :-

ओलीले लुकीचोरी काम गरे, चुनाव गराउँछन् भन्ने भरोसा छैन : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत लुकीचोरी काम गरेको आरोप लगाएका छन्। भोलिको प्रदर्शनमा उत्रनका लागि कार्याकर्तालाई निर्देशन दिँदै पौडेलले यस्तो बताएका हुन्।

शनिवार एक वक्तव्य जारी गर्दै पौडेलले प्रधानमन्त्री ओलीबाट हुँदै नभएको अधिकारको प्रयोग भएको दाबी गरेका छन्। ‘प्रधानमन्त्री श्री केपी शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन। उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन्। अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो,’ वक्तव्यमा पौडेलले भनेका छन्, ‘संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्ममा प्रहार गर्नुभयो। हिजो फेरी कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो।’

यो सरकारले चुनाव गराउँछ भन्ने विश्वाससमेत आफूलाई नरहेको पौडेलको भनाई रहेको छ। उनले भनेका छन्, ‘अब हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन। बरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु।’

यस्तो अवस्थामा नेपाली कांग्रेसले यो कदम सच्चियोस भनेर देशभरी जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको उल्लेख गर्दै काँग्रेस कार्यकर्तालाई उत्साहजनक सहभागिताको लागि आह्वान गरेका हुन्। काँग्रेसले भोलि १६५ निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध आन्दोलन गर्दैछ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…