बिरालोलाई अस्पतालले दियो ‘सेक्यूरिटी गार्ड’को जागिर

काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले सारा विवमा नै व्याप्त छ । यस महामारीका कारण करोडौँ मानिसहरु बेरोजगार भएका छन् ।

जसका कारण हरेक देशमा बेरोजगारी बढ्दै गएको छ । तर अष्ट्रेलियामा भने एक अनौठो घटना भएको छ ।
त्यहाँको इप वर्थ अस्पतालमा एक बिरालोलाई जागिर दिइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिरालोको नाम इलवुड रहेको छ । र अष्ट्रेलिया शहरको रिचमण्ड शहरमास्थित इपवर्थ अस्पतालले सिक्योरिटी गार्डको रुपमा बिरालोलाई जागिर दिएको हो ।

जो अहिले गेटमा सिक्योरिटीको काम गरिरहेको छ । उसलाई आईडी कार्ड समेत लगाईदिइएको छ ।

हामीलाई बिरालो किन साथी जस्तो लाग्दैन ?

बिरालो एकमात्र यस्तो असामाजिक जनावर हो जसलाई हामीले सफलतापूर्वक घरपालुवा बनाउन सकेका छौँ । यसकारण पनि हामी बिरालोसँग कुकुरजति सजिलै मिल्न सक्दैनौँ । कुकुरसँग मान्छेको सम्बन्ध चाँडै गहिरो हुने गर्दछ तर बिरालोलाई बुझ्न अधिक जटिल रहेको विज्ञहरु बताउँछन् ।
कुकुरहरु जैविक हिसाबले आफ्नो भित्री चाहना र मुड लुकाउन सक्षम हुँदैनन् ।

यसले पुच्छर हल्लाएर, भुकेर, सुँघेर आफ्नो भावना पोखिरहेको हुन्छ जबकि बिरालो यस्ता संकेत कमै दिने गर्छन् । वास्तवमा बिरालोहरुको शारीरिक हाउभाउ जटिल हुनाले पनि हामीलाई बुझ्न गाह्रो हुने गर्दछ । यसले पुच्छर बटारेर र जुँगा अनि कानको पोजिसनमा बदलाव ल्याइ आफ्नो अवस्थाको संकेत दिइरहेको हुन्छ ।

यसरी हजारौँ वर्षदेखि कुकुर जसरी नै बिरालोले पनि मान्छेको नजिक जीवन यापन गरिरहेता पनि हामीलाई अझै यो साथी जस्तो लाग्दैन ।
यता बिरालो पालेकाहरु यी भनाइप्रति असन्तुष्ट हुन सक्छन् किनकी आफ्नो बिरालोसँगको सम्बन्ध उनीहरु घनिष्ठ रहेको मान्दछन् । तर अझै पनि बिरालोको छवि विश्वव्यापी रुपमा कुकुर जति प्रिय बन्न सकेको छैन । बिरालोहरुको लोकप्रियता कम हुनुका पछाडि परम्परागत रुपमा यिनलाई पाल्ने तरिका जिम्मेवार रहेको बताइएको छ ।

वैज्ञानिकहरुका अनुसार प्राचीन समयमा बिरालोहरु आफ्नो लागि आहारका निम्ति मान्छेमा निर्भर रहँदैनथे ।

उनीहरु आफ्नो खाना आफैँ खोज्थे ।

अर्कोतर्फ कुकुरहरुको इतिहासमा चाहिँ यिनले मान्छेलाई शिकार गर्न मद्दत गर्ने र खानाका लागि प्रायः मान्छेमै निर्भर रहने गरेको पाइएको छ ।

त्यसैले पनि प्रायः मानिसहरुले बिरालोलाई गतल बुझिरहेको केरेन हाइसटन्ड बताउँछिन् जो ‘इन्टरनेस्नल क्याट केयर’ की भेट र प्रायोजक हुन् ।

उनी भन्छिन्, “कुकुर र मान्छे एकअर्कासँग धेरै मिल्दाजुल्दा हुन सक्छन् र अत्यन्तै लामो समयदेखि सँगै बस्दै आएका छन् । तर बिरालो ऐतिहासिक रुपमा एक स्वतन्त्र र असामाजिक प्राणी हो । मानिसको जीवनमा यसले धेरै ढिलो प्रवेश गरेको हो ।”

हामीले पाल्ने गरेका अरु सबै जीवहरु आफ्नो प्रजातिसँग मिल्ने र सम्बन्ध बनाउने किसिमका हुन्छन् तर बिरालो आफ्नो विपरित लिङ्गसँग मिलापका लागि मात्र बेलाबेलामा अर्को बिरालोसँग सम्पर्कमा आउने गर्दछ ।

केरेन भन्छिन्, “यसकारण बिरालोहरु आफ्नो ख्याल राख्न आफैँ बढी समर्पित हुने गरेकाले पछिल्लो समय यिनको माग बढिरहेको छ । तर बिस्तारै मान्छेहरु बिरालोबाट कुकुर जस्तो अपेक्षा राख्न थाल्छन् र मान्छे समान व्यवहार गरोस् भन्ने चाहान्छन् जुन तिनका लागि सम्भव कुरा होइन ।”

यसरी बिरालोहरुमा हालसम्म गरिएका अध्ययन अनुसन्धान पनि कुकुरको तुलनामा थोरै सङ्ख्यामा रहेका छन् ।

तिनको भावना र सामाजिक क्षमतामा पहिले भन्दा धेरै सुधार आइसके पनि अझै उनीहरु पहिलो चरणमै भएको विज्ञहरुको भनाइ छ ।

उनीहरुका अनुसार बिरालोले आफ्नो प्रारम्भिक जीवनमा मान्छेबाट सकारात्मक अनुभव प्राप्त गरे मात्र मान्छेसँग समय बिताउनमा रुची राख्नेछन् । बिरालोमा कम मांसपेसी हुने हुँदा तिनको नजर पनि अधिक डरलाग्दो र क्रुर लाग्ने गर्दछ तर वास्तवमा यो उनीहरुको आफ्नै संवाद गर्ने शैली हो ।

भर्खरै प्रकाशित

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…