उल्टो शङ्ख फुकेर प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध नगरीको बृहत आन्दोलन

काठमाडौं । प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनले आज राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका तस्बिरहरु अनुहारमा लगाउँदै सहभागीहरुले प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्। ओलीको कदमको विरोधमा प्ले कार्डसहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्। ओलीतन्त्रविरुद्ध उनीहरुले सङ्ख बजाउँदै विरोध जनाएका हुन्। प्रतिगमन भएको भन्दै विरोध कार्यक्रममा विभिन्न श्रष्टाहरुले सिर्जना गरेका कविताका पङ्तिहरु प्ले कार्डबाट प्रदर्शनी गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलमा आफ्नो उपस्थिति कमजोर भएको आँकलन गर्दै प्रतिनिधिसभा भंग गरेका थिए। त्यससम्बन्धि सिफारिस राष्ट्रपतिलाई गरेलगत्तै राष्ट्रपति भण्डारीले त्यसलाई सदर गरेकी थिइन्। यसै विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा जारी छ। साथै पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले सडक आन्दोलनको घोषणा गरिसकेको छ। ओलीको कदमको विरोधमा नेपाली काँग्रेसले पनि सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ।

संसद विघटनविरुद्ध नागरिक आन्दोलनको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

बृहत नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने नागरिक आन्दोलनले बताएको छ ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…