प्रधानमन्त्री केपी शर्मा ओलीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् ।

जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन्

प्रधानन्यायाधीशको वकिलसँग सवाल-जवाफ

संसद विघटन विरुद्ध परेको रिटमा यतिबेला सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । सुनुवाइमा वकिलहरुले आफ्नो पक्षमा दलिल प्रस्तुत गरिरहेका छन् । वकिलहरुसँग प्रधानन्यायाधीश तथा न्यायधीशहरुले सवाल-जवाफ समेत गरिरहेका छन् ।

अधिवक्ता रुद्र शर्माले अरु विकल्प हुँदा हुँदै संसद् विघटन गर्ने निर्णय गर्नु गलत भएको बताए । उनले प्रधानमन्त्रीलाई विघटन गर्ने नरहेको जिकिर गरे ।

त्यसमा प्रधानन्यायाधीश चोलेन्द्र शमरेर जबराले प्रश्नले गरे, ‘सरकराले प्रतिनिधिसभा विघटन हुने सिद्धान्त अंगीकार गरेको तर माध्याम कुन हो भन्ने बहस होइन ?शर्मासँग न्यायाधीशको पटक–पटक सवाल जवाफ भयो । न्यायाधीशले सोधे, ‘के फेस गर्न प्रधानमन्त्री संदन जाने ?’

शर्माले प्रधानमन्त्री संसद्बाट भाग्न खोजेको बताए । त्यसमा प्रधानन्यायाधीश जबाराले ‘सरकारले म सरकार चलाउँदिन भन्यो भने विवाद के हुन्छ ?’ भनेर प्रश्न गरे । शर्माले प्रधानमन्त्री संसद प्रति उत्तरदायी बन्नुपर्ने जिकिर गरे ।

त्यस्तै, अभिवक्ता सन्तोष भण्डारीले संसदको कन्फिडेन्समा सरकार बन्ने बताउँदै सरकारको कदमले संसदीय प्रणालीलाई नै अवरुद्ध पारेको बताए । ‘२०१७ सालको संविधान अनुसार संसद भङ्ग गरियो । २०४७ सालको संविधानको अनुभवका आधारमा २०७३ सालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिइएको छैन,’ उनले भने, ‘संसदमा सारा विकल्प हुँदा हुँदै त्यसलाई भङ्ग गरियो । संसदबाट कुनै पनि तरिकाले सरकार बनाउने विकल्क हुँदा प्रधानमन्त्रीको सिफारिसमा संसद विघटनको परिकल्पना नै छैन ।’

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…