सिपाहीबिनाका जर्नेल: चार दिनसम्म सोचेर बादल एक्लै गए ओलीसँग

नेकपाको विभाजन प्रक्रियामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मात्रै प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन्।

चार दिनसम्म कुन समूहमा जाने निर्णय नगरेका बादलले बुधबार राति ओली समूहमा लाग्ने निर्णय गरेका हुन्। बादलले अन्तिममा ओलीलाई रोज्दा उनीनिकट सबै केन्द्रीय सदस्य भने प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा लागेका छन्।

२०७० सालमा तत्कालीन एकीकृत माओवादी विभाजनामा मोहन वैद्यसँगै गएका बादल २०७२ सालमा प्रचण्डसँग एकता गरेका थिए। बादल समूहसँगको एकतापछि एकीकृत नेकपा माओवादी नेकपा माओवादी केन्द्र बनेको थियो।

एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपामा बादलको पूर्वसमूहका ३ दर्जन बढी केन्द्रीय कमिटीमा थिए। प्रतिनिधि सभामा उनको पूर्वसमूहमा रहेका ६ जना सांसद छन्।

बादलनिकट सबैजसो केन्द्रीय सदस्य प्रचण्ड-नेपालसँगै रहेको केन्द्रीय सदस्य सुरेश आलेले सेतोपाटीलाई बताए।

‘हामी सबैजसो प्रचण्ड-नेपालसँगै छौं। बादल कमरेड उता जानुभएको भन्ने सुनेको छु,’ उनले भने,’उहाँले पनि प्रतिगमनको विरोध गर्नुहुन्छ भन्ने मेरो अपेक्षा छ। उहाँ हामी जता रहे पनि मेरो उहाँप्रति सम्मान कायमै छ।’

नेकपा विभाजन भएसँगै प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा दुई तिहाइ केन्द्रीय सदस्य छन् भने ओली नेतृत्वको नेकपामा एक तिहाइ पनि केन्द्रीय सदस्य छैनन्।

स्रोतका अनुसार गृहमन्त्री बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ पनि प्रचण्ड-नेपाल समूहमा आइसकेका छन्।

‘बादल हाम्रो नेता हुनुहुन्थ्यो। नेताले सबैलाई मिलाउन सक्नु पर्ने हो, उहाँले सबैलाई समेट्न सक्नुभएन,’ बादलको समूहमा रहेका एक केन्द्रीय सदस्यले भने,‘उहाँले अहिलेको गृहमन्त्रीलाई ठूलो देख्नुभयो। त्यही भएर एक्लै बालुवाटार जानुभएको छ। सिपाहीबिनाको जर्नेलको के अर्थ रहन्छ र!’

प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो : सुवास नेम्वाङ

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाकै प्रचण्ड-नेपाल समूहले सरकारको उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आन्दोलन घोषणा गरिसकेका छन्।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा पनि संविधान जारीताका संविधान सभा अध्यक्ष रहेका नेकपा नेता सुवास नेम्वाङले सार्वजनिक प्रतिक्रिया दिएका थिएनन्।

बिहीबार बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरूले नेम्वाङलाई घेरेर सोधे-विकसित राजनीतिक घटनाक्रमबारे तपाईंको धारणा के हो?

जवाफमा नेम्वाङले ओली सरकारले काम गर्न नपाएकाले प्रतिनिधि सभा विघटन गर्नु परेको बताए।

‘हामी सुखी नेपाली, समृद्ध नेपाल’ को योजना बनाएर चुनावमा गएका थियौं र बहुमत पनि ल्यायौं। तर सरकारलाई काम गर्न दिइएन,’ नेम्वाङले भने,‘त्यसकारण बहुमतप्राप्त प्रधानमन्त्रीले अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो।’

तपाईं अध्यक्ष भएको संविधान सभाले बनाएको संविधानअनुसार त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरेको छ नि भन्ने अर्को प्रश्नमा भने उनले टालटुले जवाफ फर्काए।

‘यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। म धेरै बोल्न मिल्दैन, बोल्न पनि चाहन्नँ,’ नेम्वाङले भने,‘ सर्वोच्चले गर्ने निर्णयलाई हामी सम्मान गर्छौं।’

उनले अदालतले सरकारको कदमलाई सदर गरे आफूहरू फेरि सुखी नेपाली र समृद्ध नेपालको नारा लिएर जनतामा जाने र बहुमत ल्याएर उक्त योजना पूरा गर्ने बताए।

नेम्वाङ पहिलो र दोस्रो दुबै संविधान सभामा अध्यक्ष थिए। उनी अध्यक्ष हुँदा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। उक्त संविधानमा प्रधानमन्त्रीले चाहेका बेला प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन।

त्यतिबेला नेम्वाङले भनेका थिए- संसद भंग गर्न पाउने अधिकारलाई प्रधानमन्त्रीले संसदविरूद्ध छडीका रूपमा प्रयोग गर्छन्। तर नेपालको प्रजातान्त्रिक अभ्यासमा यस्तो प्रावधानको दुरूपयोग भएकाले यसलाई नयाँ मस्यौदाबाट हटाइयो।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…