प्रचण्डको कार्यकारी अधिकार बदर, सातै प्रदेशका संयोजक तोकियो, कुन प्रदेशमा को ?

काठमाडौँ ।  नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय कमिटी र स्थायी कमिटी निर्णयबाट दिइएको कार्यकारी अधिकार बदर गरेको छ । ‘उहाँलाई अध्यक्षबाट हटाइएको छैन तर केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारी बहन गर्न नसकेकाले उहाँको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरिएको छ,’ पार्टीका एक केन्द्रीय सदस्यले भने ।

ओली पक्षले बिहीबार नै विधानमा पनि प्रथम अध्यक्ष (ओली) मात्रै हस्ताक्षर चल्ने गरी संशोधन गरी निर्वाचन आयोगमा दर्ता गरिसकेको छ ।

यस्तै बैठकले सातै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ । जसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।

ओली पक्षद्वारा संशोधित विधान निर्वाचन आयोगमा दर्ता

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ । स्रोतका अनुसार बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर ‘चल्ने’ बनाइएको छ । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।

संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन । त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्‍याएको १११९ लाई कायम गरिएको छ । ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो । दाहाल–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो ।

केपी शर्मा ओली नेतृत्वमा रहेको एउटा खेमा र पुष्पकमल दाहाल तथा माधव नेपाल नेतृत्वको अर्को खेमा दुवैले आफूहरुलाई आधिकारिक नेकपा दावी गरिरहेका छन् ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…