फकाउँदा पनि बादललाई ल्याउन सकिएन, अब जीवन-मृत्युको लडाइँ सुरु भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकिएको बताएका छन्। बिहीबारको केन्द्रीय कमिटी बैठकमा उनले आजको बैठकमा आउने अपेक्षा गरे पनि ल्याउन नसकिएको बैठकमा जानकारी गराएका हुन्।

‘वामदेव गौतम र बादल कमरेडलाई आउन आग्रह गरेको थिएँ, उहाँहरु आउनु भएन’, उनले भने ‘वामदेव कमरेड सकारात्मक हुनुहुन्छ। बादललाई ल्याउन नसकिए पनि उता (बालुवाटार) बैठकमा सहभागी २३ जना फर्किसक्नु भएको छ।’

उनले बादलनिकट कुलप्रसाद केसी र सूर्य सुवेदी पथिक आफूहरुको बैठकमा सहभागी भएको पनि बताए। सरकारले संसद् विघटन गरेपछि दुई कित्तामा विभाजित नेकपाको कुन कित्तामा लाग्ने भन्‍नेमा बादल केही दिन अनिर्णीत बसेका थिए। तर उनी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलामा सहभागी भएका छन्।

प्रचण्डले प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्था २०१७ सालको जस्तो भएको समेत बताए। ‘आजको अवस्था सामान्य जस्तै हो भनेर सोच्नु गलत हुनेछ। २०१७ सालको जस्तै हो’, उनले भने, ‘२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरी पञ्चायती व्यवस्था लागू गरेका थिए।’

७ दशकसम्मको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिसमेत प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमबाट अपहरणमा परेको अध्यक्ष दाहालले बताए। ‘हामीले ७ दशकसम्मको लडाइँबाट पाएका उपलब्धि अपहरण भएका छन्। हाम्रो आन्दोलन जाली र फटाहा प्रवृत्तिविरुद्ध हो,’ उनले भने, ‘वैचारिक र राजनीतिक रूपमा विचलित साथीहरूसँगको लडाइँ हो। यो जीवन र मृत्युको लडाइँ हो। जस्तोसुकै मूल्य चुकाउन अघि बढ्नुपर्छ।’

आफ्नो पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै उनले आफूहरु नै आधिकारिक भएको समेत दाबी गरे। उनले भने, ‘हामी ७० प्रतिशत छौँ। सबै प्रमाण निर्वाचन आयोगमा पेस गरेका छौं। आयोगले हामीलाई वैधता दिन्छ।’

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…