बादल गएपनि हामी ओली समूहमा जान सक्दैनौं : मन्त्री केसी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको छ । अब निर्वाचन आयोगले कसलाई आधिकारिकता प्रदान गर्छ हेर्न मात्रै बाँकी छ । त्यस्तै, सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्नेबारे कस्तो फैसला गर्छ ।

यी दुई निर्णयलाई सबैले हेरिरहेका छन् । त्यसैगरी ओली र प्रचण्ड कुनैपनि समूहमा नखुलेका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलको अन्तिम निर्णय पनि मानिसहरुको चासोको विषय बनेको छ ।

स्रोतका अनुसार गृहमन्त्री बादलले ओलीतिर लाग्नु आफू निकट नेताहरुलाई संकेत गरिसकेका छन् । बुधबार पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा लामो छलफल गरेका थिए । बादलले आफू गृहमन्त्री भइराख्ने र पार्टीमा पनि ओली पछिको बरियता खोजेको बताइएको छ । त्यसमा ओलीले पार्टीको बरियता महाधिवेशपछि गर्ने तर गृहमन्त्री भइराख्ने प्रष्ट भनिसकेको बताइएको छ ।

चुनावी गृहमन्त्री बादललाई नै बनाउने बचनपछि ओलीसँगको निकटता बढेको बताइएको छ । मंगलबार र बुधबार विहान प्रचण्ड बादलकै निवासमा पुगेर छलफल गरेका थिए । तर, बादलले कुनै जवाफ दिएनन् । साथीहरुसँग सल्ला गरेर खबर भनेर प्रचण्डलाई जवाफ दिएका थिए ।
लामो समयदेखि बादल समूहमा रहेर काम गरेका पूर्वमाओवादी नेताहरुले प्रचण्डतिर ल्याउने प्रयास गरिरहेका छन् । तर, सकारात्मक छैन छलफल । वैद्यबाट फर्केने बेला सँगै गएका देवप्रसाद गुरुङ, पम्फा भुसाललगायतका नेताहरु प्रचण्डतिर खुलेर लागिसकेका छन् । नखुलेका लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी, हिमतमान शाक्य लगायतका नेताहरु पनि प्रचण्डतिरै लागेको बताइसकेका छन् । मन्त्री केसीले संचारमाध्यममै आफू प्रचण्ड समूहतिर लागेको बताइसकेका छन् ।

केसीले प्रदेशका आफू निकट नेताहरुलाई पनि प्रचण्डतिर लाग्न निर्देशन दिइसकेका छन् । एक नेताका अनुसार केसीले बादल ओलीतिर लागेपनि आफूहरुले त्यस्तै प्रतिगामी बाटोमा नलाग्ने बताएका छन् । “बादल दाईलाई हामीले पुरानो बिरासत नभुल्नुस् भनेका छौं तर मान्नु भएको छैन । ओलीतिरै लाग्ने सम्भावना बढी छ । बादल गएपनि ओलीको कदम प्रतिगामी छ, त्यसमा हामी जानु हुँदैन” केसीको भनाई उदृत गर्दै एक नेताले बताए ।

संसद पुनर्स्थापना गर्छौं भन्नु स्यालको हुइयाँ हो : बादल 

नेकपा विभाजनमा आजमात्रै केपी शर्मा ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टी नेतृत्वको आदेश नि:सर्त मान्ने बताएका छन्।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै बादलले पार्टी सशक्त बनाउने र गुटलाई परास्त गर्ने योजना सुनाए।

उनले प्रतिनिधि सभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताए। आफूहरूले नयाँ क्रान्ति गर्नुपर्ने पनि उनको तर्क छ।

‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो। विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो। निर्वाचन हुनु अग्रगमन हो। हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले भने।

उनले आफूले पार्टी नेतृत्वको आदेश नि:शर्त मान्ने उल्लेख गरे।

‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ। यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, ‘केही साथी संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन्। यो स्यालको हुइयाँ हो। हामीले यसलाई चिर्नु छ।’

जनताको बीचमा गएर स्थिरता ल्याउने वाचा गर्न जरूरी रहेको उनको भनाइ छ।

‘निर्वाचनबाट प्रतिगामी शक्तिलाई परास्त गरेरमात्रै जनताले विभाजित कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछ,’ उनले भने।

मध्यावधि निर्वाचन एउटा आन्दोलन भएको उनको तर्क छ।

‘हामीले अन्तिमसम्म प्रयास गर्‍यौं। नेतृत्वलाई अपदस्थ गर्ने र परिवर्तन गर्न खोजियो। तर नेतृत्व परिवर्तन गर्न वैज्ञानिक तरिका छन्,’ प्रचण्ड-नेपाललाई लक्षित गर्दै उनले भने,‘उहाँहरूले पार्टी फुटाउने कसम खानुभएको थियो। सरकार अपदस्थ गर्ने सपथ खानुभएको रहेछ। पार्टी प्यालेसमा गएर त्यो आकांक्षा पूरा गर्नुभएको छ।’

उनले प्रचण्ड-नेपाल संघीय व्यवस्था उल्ट्याउने योजनामा लागेको आरोप लगाए।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…