प्रचण्डले मलाई निकाल्नु भनेको भाडामा बस्नेले घरबेटीलाई निकालेको जस्तै हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डले पार्टीमा कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएको बताएका छन्।

बुधबार साँझ एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रचण्डभन्दा अगाडिदेखि नै आफू राजनीतिमा लागेको भन्दै अहिले उनले कारवाही गर्न नमिल्ने बताएका छन्। ‘प्रचण्डले पार्टीमा मलाई कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएन र?, यो त घर भाडामा गएर बस्नेले घरबेटीलाई निकालेको जस्तै हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको दाबी गरेका छन्।

उनले आफूले कम्युनिस्ट आन्दोलनमा गरेको त्याग र तपस्याले यो हैसियतमा पुगेको बताए।

ओलीले प्रचण्डले आफूलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय चार्ली च्याप्लिनको जोक जस्तो भएको जिकिर गरे। बैंक्वेटमा भेला गरेर आफूलाई निकाल्दैमा जनताको मनबाट निकाल्न नसक्ने ओलीको भनाइ थियो। ‘तपाईंलाई हाँसो लाग्दैन ? प्रचण्डले मलाई यो पार्टीको सदस्यबाट निस्काशन गर्ने ? चार्ली च्याप्लिनको जोक भन्दा माथिल्लो हैसियतको लाग्दैन। प्रचण्डभन्दा कम्तिमा एक दशक अगाडि राजनीतिमा लागेका हुँ । एकदशक अगाडि पार्टी सदस्यता लिएको होला’, ओलीले भने।

ओलीले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आचरणमाथिसमेत टिप्पणी गरेका छन् ।

अन्तर्वार्ता दिँदै ओलीले प्रचण्डले मान्छेलाई गलत बाटोमा हिँड्न बाध्य बनाउने गरेको आरोपसमेत लगाए।

उनले प्रचण्डको यो पहिलेदेखिकै स्वभाव भएको भनेका छन्।

ओलीले अहिले नेकपामा आएको विवादमा आफ्नो माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग कुनै गुनासो नभएको स्पष्ट पारेका छन् । उनले अहिलेको विभाजन पनि नेपाल खनालसँग नभएर प्रचण्डसँग भएको बताएका हुन्।

ओलीले भने, ‘विभाजन भएको प्रचण्डजी र मेरो हो। पेरिसडाँडामा मेरो हकदाबी छैन। बल्खु र पेरिसडाँडाको दाबीमा उहाँले राजनीतिक संस्कार सिक्नुपर्छ। मैले प्रचण्डजीसँग विभाजन गरेको हो। नेपाल, झलनाथ वा नारायणकाजीसँग विभाजन गरेको हैन।’

यसअघि नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेकपाले राजधानीमा एक भेला गरेर केपी ओलीलाई अध्यक्षबाट निस्कासित गरिसकेको छ।

ओलीले बैठकमा नआएपछि र विभिन्न समयमा दिएका अभिव्यक्ति गलत देखिएपछि आफूले प्रवक्ता फेरेको खुलासा गरेका छन्।

प्रधानमन्त्री ओलीले आफूले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फेर्न बाध्य भएको बताएका छन् ।

यसअघि सोमबार बालुवाटारमा बसेको ओली समूहको बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारवाही गर्ने निर्णय गर्दै प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोकेको थियो ।

ओलीले प्रचण्ड बैठकमा नआउनुको कारण आफूलाई थाहा नभएको बताएका छन्। अहिले नेकपामा विवाद गरेर प्रचण्ड नेपालसमूहले ठिक नगरेको ओलीले बताएका हुन् ।

‘हिजो त उहाँहरु सोफामा बस्ने कुरामा पनि इस्यू निकाल्नुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हिजो बालुवाटारमा मिटिङमा त म अपरेसन गरेर फर्किएपछि पनि सहज सोफामा बस्न दिइएको थिएन नि।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चुनावमा जाने निर्णय गरिसकेकाले देश अब चुनावमा होमिएको बताएका छन् ।

उनले प्रधानमन्त्रीसँग विशेष अधिकार हुने र आफूले निर्वाचनमा जाने घोषणा गरेपछि देश निर्वाचनमा गएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बेलायतको उदाहरण दिँदै आफूले गरेको काम पनि ठिक भएको बताएका छन्। उनले अब देशमा चुनाव हुने निश्चित भइसकेको बताए।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा छापेपछि आफूमाथि घेराबन्दी गरिएको बताएका छन्।

उनले भारतले मिचेको नेपालको भूमी समेटेर आफूले नक्सा छापेपछि आफूमाथि प्रहार भएको बताएका हुन् ।

आफ्नै पार्टीका नेताहरुले पनि यो कदमपछि आफूलाई समस्यामा पारेको बताउँदै उनले आफ्नो पहिलो कार्यकालमा पनि चीनसँग नजिक भएपछि घेराबन्दी गरिएको स्मरण गरे।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…