म नक्कली कम्युनिस्ट हो र केपी ओलीको गुटमा जानलाई ?

दाङ ।फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी नेकपा का दाङ्ग जिल्ला अध्यक्ष टिकाराम खडकाले आफू नक्कली कम्युनिस्ट नभएको ओलि समुहमा नरहेको कुरा बताएका छन ।

पुस ७ गते ओलि समुहको केन्द्रीय समितिको भेला ले दाङ्गका १८ जना नेता लाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।

मनोनित हुनेमा खडका को नाम पनी परेको थियो । राप्ती पहिचान सङ्गको कुराकानीमा खडकाले यस्तो बताएका हुन । जनताका प्रतिधी बाट निर्माण भएको संविधान २०७२ मा सबै अधिकार जनताका भए पनि जनताकै प्रधानमन्त्री हुँ भन्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि ओलि ले त्यसलाइ लत्याउने काम गरेको उनको भनाइ छ ।

दाङ्ग जिल्लामा रहेको आफ्नो संगठन के पि ओलि का गैरकानुनी काम को बिरुद्दमा पार्टी निर्देशन अनुसार सर्वोच्च अदालत जाने, सडकमा जाने काम मा मेरो पनि सहभागिता हुन्छ उनले भने ।

केपि ओलि ले संसद बिघटन गरेर पार्टी बिभाजन गरि सक्नु भयो घोषणा मात्रै गर्न बाँकी छ तर हाम्रो निर्णय भनेको सहिदको बलीदानी बाट ल्याएको संविधान र संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षा गर्ने हो त्यसमा हामी अडिग छौ उनले भने ।

एउटा सैनिक सहचरी नियुक्त गर्दा सम्म भारतले चासो राख्ने गर्छ भने संसद बिघटन गर्ने सम्मको काममा भारतको हात होला कि नहोला भन्ने प्रश्नमा हाम्रा आन्तरिक किचलोमा विदेशी शक्तिले खेल्ने मौका पाए केपि ओलिको यो काम देश र जनताको हितमा छैन उनले भने ।

आफ्नै पार्टीको बहुमतको सरकारको ब्यबश्थापन गर्न नसक्ने केपि ओलि ले बैशाखमा चुनाव ब्यबश्थापन गर्न सक्दैनन,चुनाव हुदैन एक फरक प्रसङ्गमा उनले भने! ४४५ जना केन्द्रीय सदस्य मध्य ३१५ जना पार्टीका केन्द्रीय सदस्य प्रचन्ड नेपाल सङ्गै भएकाले आफू हरुनै संस्थापन पक्ष भएको दावी उनको छ ।

२०७४ साल को संघिय र प्रादेशिक निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेको तत्कालिन एमाले र माओवादी केन्द्र पछि पार्टी एकीकरण गर्ने निर्णयमा पुगी पार्टी एकीकरण भएको थियो! यता ओलि समुहका नेता हरुलाइ फोन गरि पार्टी फुटेकै हो त भन्ने प्रश्नमा आफुले अहिल्यै केइ नबोल्ने कुरा बताए!

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…