ओली समूहले यसरी बिथोल्यो दाहाल-नेपाल पक्षको भेला

नवलपरासी — गैंडाकोटमा नेकपाको दाहाल-नेपाल समूहले राखेको अगुवा कार्यकर्ताको भेला ओली पक्षीय कार्यकर्ताले बिथोलेका छन् । बुधबार नेकपा गैंडाकोट नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा ओली पक्षीय कार्यकर्ताले नाराबाजी गरेर बिथोलेका हुन् ।

भेलामा दाहाल-नेपाल पक्षधरहरुलाई मात्रै सहभागी गराइएको भन्दै ओली सर्मथकहरुले नाराबाजी गरेर कार्यक्रम गर्न दिएनन् ।

नेकपा पुर्वी नवलपरासीका जिल्ला सचिव मित्रशरण शर्माले पार्टि केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु रोष्टममा पुगेर सुनाउने बित्तिकै विरोध सुरु भएको हो ।

कार्यक्रममा ओली समूहका नेता तथा कार्यकर्ताले ‘गुटको भेला बन्द गर’ भन्दै चर्का नाराबाजी गरेका थिए । प्रमुख अतिथीका रुपमा रहेका माधवकुमार नेपाल पक्षधरका नेता कृष्ण पौडेलले छोटो भनाई राखेर कार्यक्रम सकेका थिए ।

भेलाको अध्यक्षता गरेका नेकपा गैंडाकोटका अध्यक्ष षडानन्द लामिछानले केही कमीकमजोरी भएको प्रतिक्रिया दिए । युवा संघका संयोजक कृष्ण कँडेलले पार्टीको आवरणमा गुटको भेला गरिएको भन्दै त्यसको प्रतिरोध गरिएको बताए ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…