तीन सयभन्दा बढी सदस्यको समर्थन रहेको समूह स्वतः आधिकारिक हुन्छ : हरिबोल गजुरेल

काठमाडौं । पार्टी एकता बचाईराख्ने विभिन्न विकल्प र सम्भावनाहरु हुँदा हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चाल्दा नेकपा विभाजनको अवस्थामा पुगेको प्रचण्ड–नेपाल समूहका नेताहरुले टिप्पणी गरेका छन् ।

छलफल, बहस र सहमतिको प्रयास गर्दा पनि कुनै विकल्न नभएपछि चाल्नुपर्ने कदम ओलीले हतारमा चाल्दा पार्टी विभाजन भएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको तर्क छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा क्रममा नेता गजुरेलले भन्नुभयो, ‘विगतमा पनि मध्यावधि चुनावको घोषणा भए, सरकार गिर्नेहरु धेरै भए, धेरै अस्थिरता भयो भनेर त्यसो हुन नदिने व्यवस्था संविधानले नै गरेको छ । तर प्रधानमन्त्रीले पार्टीमा एकता बचाउने विकल्प र सम्भावनाहरु रहँदारहँदै लगत कदम चाल्दा यस्तो अवस्था आयो ।’

प्रचण्ड–नेपाल समूह नै सही र आधिकारिक भएको उहाँले बताउनुभयो । साथै ३ सय भन्दा बढी केन्द्रीय सदस्यहरुको समर्थन रहेको समूह स्वतः आधिकारिक हुने नेता गजुरेलको दाबी छ । आधिकारिक पार्टीले नै सूर्य चिन्ह पाउने पनि उहाँले बताउनुभयो ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…