यसरी परे संकटमा प्रदीप ज्ञवाली, शंकर पोखरेल र सुवास नेम्वाङ

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी मंगलबार औपचारिक रुपमै विभाजित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि बढेको विवाद मंगलबार विजानमा पुगेर टुंगिएको हो। मंगलबार नेकपाका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्षमा निर्वाचित गरेको छ।

यता, प्रधानमन्त्री ओलीले केही केन्द्रीय सदस्यहरु लिएर बालुवाटारमा भेला गर्दै आउँदो मंसीरमा महाधिवेशन गर्ने निर्णय गरेका छन्। ओलीले महाधिवेशनका लागि जम्बो (११९९) महाधिवेशन आयोजक समितिको घोषणा पनि गरेका छन्। मंगलबारको विभाजनपछि नेकपामा ६ सन्देश देखिएको छ।

नेकपा विभाजनमा तत्कालीन एमाले र माओवादीबीच एकता हुँदाको समीकरण भत्किएको छ। पूर्वएमाले र पूर्वमाओवादी अलग–अलग भएका छैनन्। पूर्वएमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितको समूह र पूर्वमाओवादीका प्रचण्डको समीकरण बनेको छ। उता पूर्वएमालेको ओली समूहलाई पूर्वमाओवादीका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापाजस्ता नेताको सहयोग रहेको छ। नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापाले अझै आफ्नो कित्ता स्पष्ट गरेका छैनन्।

नयाँपत्रिका लेख्छ – नेकपामा सबैभन्दा शक्तिशाली मानिएका ओली पार्टी विभाजनसँगै संगठनका रूपमा कमजोर भएका छन्। सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा उनी स्पष्ट रूपमा अल्पमतमा परेका छन्। यतिसम्म कि उनलाई पूर्वएमालेको झन्डै आधाजति शक्तिले छाडेको छ। एमाले अध्यक्ष भएयता ओलीसँग अहिले कमजोर संगठन हात लागेको छ। ओलीनिकट मानिने तीनजना मुख्यमन्त्री शंकर पोखरेल, शेरधन राई र डोरमणि पौडेलको पद पनि धरापमा परेको छ।

पार्टी विभाजनमा प्रचण्डका लागि धेरै नोक्सान भएको छैन। उनले लगभग पूर्वमाओवादी पंक्तिलाई एकढिक्का राखेका छन्। पूर्वएमालेको आधाजति शक्तिसँग उनको राजनीतिक समीकरण बनेको छ। पूर्वमाओवादीका सीमित नेताले ओलीलाई साथ दिए पनि प्रचण्डले पूर्वएमालेको नेपाल समूहमार्फत त्यसको राम्रो क्षतिपूर्ति पाएका छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल १२ वर्षपछि पार्टी प्रमुखका रूपमा नेकपाको अध्यक्ष चयन भएका छन्। साबिक एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि उनले करिब १५ वर्ष महासचिवको जिम्मेवारी सम्हालेका थिए।

त्यसक्रममा उनी ६ वर्ष दोस्रो वरीयताको, तर शक्तिशाली महासचिवका रूपमा तथा करिब नौ वर्ष पार्टी प्रमुखकै रूपमा साबिक एमालेमा महासचिव थिए। ०६४ को संविधानसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको क्षतिमा व्यक्तिगत रूपमा नैतिक जिम्मेवारी लिएर उनले पदबाट राजीनामा दिएका थिए।

करिब २० महिना प्रधानमन्त्रीसमेत भएका उनले ०६७ मा पार्टीको बहुमत पंक्ति र प्रमुख विपक्षी कांग्रेसलगायत दलले सरकारको नेतृत्व निरन्तर सम्हाल्न आग्रह गर्दागर्दै पनि स्वेच्छाले राजीनामा दिएका थिए।

तत्कालीन एमालेको आठौँ महाधिवेशनपछि दोस्रो वरीयता र नवौँ महाधिवेशन र पार्टी एकतापछि तेस्रो वरीयताका वरिष्ठ नेता रहेका नेपाल १२ वर्षपछि पार्टीको प्रमुख पदमा ‘कमब्याक’ भएका छन्।

नेकपाभित्र पहिलो पुस्ताका पुराना नेता उनी तत्कालीन कोअर्डिनेसन केन्द्र र मालेका संस्थापक नेता पनि हुन्। नेता नेपाल सन्तुलित, गतिशील, समन्वयकारी र निष्कलंकित व्यक्तित्वका नेताका रूपमा चिनिन्छन्। तर, पार्टीभित्रकै इतर समूहले भने उनलाई सैद्धान्तिक र वैचारिक रूपमा अडान नभएको प्राविधिक नेताका रूपमा पनि टिप्पणी गर्दै आएको छ।

सम्भावना भएका ओलीको दोस्रो पुस्ता मारमा परेको छ । आफू पार्टी र सरकारप्रमुख निर्वाचित भएकाले दुवैमध्ये कुनै पनि पद छोड्न नमिल्ने अडान राख्दै ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओली खेमामा लागेका सम्भावना बोकेका दोस्रो पुस्ताका नेता मारमा परेको छ।

ओलीले प्रतिनिधिसभा विघटनपछि अर्को चुनावमा पार्टीले दुईतिहाइ ल्याउने दाबी गरे पनि पार्टी र सरकार दुवैतिरको प्रमुख पदको सम्भावना बोकेका दोस्रो तहका नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायत नेता मारमा परेको चर्चा हुने गरेको छ।

त्यसो त, अर्को खेमामा रहेका दोस्रो पुस्ताका सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायत पार्टी र सरकार दुवैतिर प्रमुख पदका आकांक्षी रहेकालाई पनि ओलीको कदम महँगो पर्ने देखिएको छ।

नेकपा विभाजनको सबैभन्दा ठूलो मार ओली समूहका तीन नेतालाई पर्ने देखिएको छ। ओली समूहभित्र स्थायी समिति सदस्यहरु प्रदीप ज्ञवाली, शंकर पोखरेल र सुवास नेम्वाङ बौद्धिक नेता मानिन्छन्। उनीहरु ओलीको चाहनाले भन्दा पनि आफ्नै बलबुताले नेतृत्वमा आएका थिए। तर, पार्टीको संगठनात्मक जग भत्किँदा उनीहरुको राजनीतिक भविष्यसमेत सबैभन्दा बढी असुरक्षित देखिएको छ।

देशको अस्थिरता र राजनीति मुठभेडतिर र संवैधानिक जटिलतातिर प्रवेश गरे पनि नेकपा विभाजनमा सबैभन्दा ठूलो लाभ विपक्षी कांग्रेसलाई भएको छ। झन्डै दुईतिहाइ बहुमत प्राप्त नेकपाको सरकार ‘कामचलाउ’ भइसकेको छ।

आगामी चुनावमा विभाजित नेकपासँग लड्न कांग्रेसका लागि सहज भएको छ। प्रतिपक्षको भूमिकामा धेरै कमजोर साबित कांग्रेसलाई चुनावका लागि विघटनको मुद्दा नै प्रमुख बनेको छ। यद्यपि, संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…